Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिकाको एकीकृत सहरी विकास योजना सार्वजनिक
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा नगरपालिकाको एकीकृत सहरी विकास योजना सार्वजनिक

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0
तिलोत्तमा नगरपालिकाको एकीकृत सहरी विकास योजना सार्वजनिक
70
SHARES
ShareTweet

पाँच वर्षको विस्तृत १५ वर्षको पूर्वाधार बिकासको लक्ष्य निर्धारण


संसार पोष्ट
बुटवल, २६ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकीकृत सहरी विकास योजना तयार गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका विकास योजनामा पाँच वर्षको विस्तृत र १५ वर्षको पूर्वाधार बिकासको लक्ष्य निर्धारण गरिएको छ ।
सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि. ले तर्जुमा गरेको एकीकृत सहरी विकास योजना प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो । योजना सार्वजनिक गर्नुअघि कन्सल्टेन्सीका अध्यक्ष लिलाबहादुर केसीले तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेलाई योजना हस्तान्तरण गर्नु भएको थियो ।
योजना सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशका १०९ वटै पालिकाहरुलाई योजनाबद्ध विकासका लागि प्रदेश सरकारले आह्वान गरेको भन्दै तिलोत्तमा नगरले योजना निर्माणमा अरु पालिकालाई उछिनेको बताउनु भयो ।
पर्यटनमन्त्री लिला गिरीले योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेकाले सडक निर्माणमा कसैले संकीर्ण सोंच राख्न नहुने र यसका लागि सबै नगरबासीको साथ अपरिहार्य रहेको बताउनु भयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले योजनाबद्ध विकासले मात्रै लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै तिलोत्तमा नगरपालिकाले सार्वजनिक गरेको एकीकृत सहरी विकास योजना नगर विकासका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गर्नु भयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मुलुककै नमुना नगर बनाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढेको भन्दै एकीकृत शहरी विकास योजना प्रभावकारी ढंगले कार्यान्वयन गरिने बताउनु भयो ।
योजनाबारे जानकारी दिंदै कन्सल्टेन्सीका सदस्य चिरन्जीवी भण्डारीले एकीकृत सहरी विकास योजना तर्जुमा गर्दा आगामी १५ वर्षको भिजन तय गरिएको बताउनु भयो । त्यसैगरी आर्थिक वर्ष ०७५÷७६ देखि ०८०÷८१ का लागि योजना, लक्ष्य, रणनीति, आवश्यक बजेट र कार्यान्वयनको ढाँचा प्रस्तुत गरिएको छ ।
उक्त योजनाले आगामी पाँचवर्षमा नगरको आर्थिक वृद्धिदर १०.३ प्रतिशत हुने र १५ वर्षमा साढे १० प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ । अहिले तिलोत्तमा नगरको आर्थिक वृद्धिदर ६.८ प्रतिशत छ । त्यस्तै हाल एकहजार ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा पाँचवर्षमा एकहजार ५ सय ९५ र १५ वर्षमा १० हजार पु¥याउने लक्ष्य निर्धारण गरिएको छ ।
त्यसैगरी हाल १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी रहेकोमा पाँच वर्षमा १० प्रतिशत र १५ वर्षमा शुन्यमा झार्ने रणनीति तय गरिएको छ । त्यस्तै हाल ९० प्रतिशत रहेको साक्षरता प्रतिशत पाँच वर्षमा ९५ प्रतिशत र १५ वर्षमा शत प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ भने हाल ३.११ प्रतिशत रहेको उच्च शिक्षामा पहुँचको अवस्था आगामी पाँच वर्षमा ६.१ प्रतिशत र १५ वर्षमा १२ प्रतिशत पु¥याइने उल्लेख छ । सहरी विकास योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेको छ ।
आगामी १५ वर्षका लागि सडक निर्माणतर्फ १६ अर्व एक करोड ६० लाख खर्च हुने योजनाले अनुमान गरेको छ । यसमा ९९ किलोमिटर सडक थप हुनेछ । त्यस्तै तिलोत्तमा रिङरोड, मेगासिटी, तिनाउ कोरिडोर र रोहिणी कोरिडोरसहितको रिङरोड निर्माण गर्ने लक्ष्य पनि लिइएको छ । योजना अनुसार प्रादेशिक बसपार्क, औद्योगिक ग्राम, राष्ट्रिय रंगशाला, फोहर व्यवस्थापन केन्द्र, अटो भिलेज जस्ता विषयलाई पनि प्राथमिकतामा परेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनु भयो । तिलोत्तमा नगरले परिकल्पना गरेको ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमाको नारालाई सार्थक बनाउने गरी नै योजना तर्जुमा गरिएको कन्सल्टेन्सीका अध्यक्ष केसीले बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काईने

Next Post ≫

डेढ करोडको लागतमा क्याफे एण्ड बार सञ्चालनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क