भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीले बिभिन्न मितिमा बिभिन्न मुद्धामा कैद तथा सजायको फैसला गरेका र हाल सम्म फरार भएका अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्ला प्रहरी मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ ।
इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको टोलीले मिति २०६२ साल जेठ १७ गतेको फैसला बमोजिम गाली बेइजति मुद्धामा हाल सम्म फरार रहेका मायादेवी गाउँपालिका वडा नं. ६ बस्ने गौरी कलवार र पुर्णवासी कलवारलाई पक्राउ गरेको हो ।
यस्तै इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले मिति २०७१साल चैत १८ गतेको फैसला बमोजिम सार्वजनिक अपराध मुद्धामा हाल सम्म फराररहेका सैनामैना नगरपालिका वडा नं. ६ बस्ने मधु ज्ञवालीलाई पक्राउ गरेको छ ।
