Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड शुरु हुंदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड शुरु हुंदै

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0
भैरहवामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड शुरु हुंदै
70
SHARES
ShareTweet

भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज(शनिबार) देखि हुदैछ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ देखि २९ गते सम्म हुदैछ ।
सिद्धार्थनगर नगरपालिकाले प्रतियोगिताका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराउदै सबै तयारी पूरा भएको जनाएको छ । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङ्गिण विकासलाई लक्षित गरेर प्रतियोगिता गर्न लागिएको नगर प्रमुख इस्तियाक अहमद खाले पत्रकार सम्मेलनमा बताउनुभयो । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्य रनिङ शिल्डको रहेको उहांले जानकारी दिनुभयो ।
प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवा कृषी क्याम्पस र वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल खेल हुनेछन् । भलिवल तर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टिमको सहभागिता रहने छ । त्यस्तै कवड्डी तर्फ १३ विद्यालयका छात्रहरुको ११ टिम र छात्राहरुको १० टिमको सहभागिता रहने छ । तेक्वान्दो तर्फ १५ विद्यालयका छात्र तर्फ १० र छात्रा तर्फ १२ टिमको सहभागिता रहने छ ।
एथेलेटिक्स तर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० को सहभागिता रहने छ । प्रतियोगिता अवधिभर ४२ बटा ईभेन्टमा खेल हुने छन् । प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुईसय ८९ विद्यार्थीहरुको सहभागिता रहने छ ।
सवै ईभेन्ट तर्फ प्रथम, द्वित्तीय र तृतियलाई मेडल तथा प्रमाण प्रत्र दिईने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले बताउनुभयो । पत्रकार सम्मेलनमा नगर पालिकाका उप प्रमुख उमा अधिकारी, प्रमुख कार्यकारी अधिकृत जनक थापाले समेत प्रतियोगिताका विषयमा भनाइ राख्नुभएको थियो ।
प्रतियोगिता सञ्चालनका लागि खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिति, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।

≪ Previous Post

बिभिन्न मुद्धाका ३ जना फरार अभियुक्त पक्राउ

Next Post ≫

नेवाः समाज अर्घाखाँची रुपन्देही सम्पर्क समाजको अध्यक्षमा देबी श्रेष्ठ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क