Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु

संसारपोस्ट संवाददाता · २७ पुष २०८१ · 0
तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु
80
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा शुक्रबारबाट नगरस्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु भएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच आयोजित प्रतियोगितामा १६ समुहको सहभागिता रहेको छ ।
शुक्रबार भएकोे खेलबाट शान्ति नमुना मा.वि. र गीर्वाण मा.वि.सेमिफानलमा प्रवेश गरेका छन् । शान्ति नमुना मा.वि.ले जनता मा.वि. मोहनाजोतलाई २–० को सेटमा र गीर्वाण मा.वि.ले शंकरनगर दुर्गादत्त मा.वि.लाई २–० सेटमा हराँउदै सेमिफानलको यात्रा तय गरेका हुन् ।
यस्तै सेमराबजार मा.वि., जनज्योती मा.वि.,जनहित मा.वि. र जन भावना मा.वि. क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
शान्ति नमुना माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले खेलले स्वास्थ्य राम्रो बनाउने मात्र नभई व्यक्तिलाई अनुशासित र मेहनती बनाउन पनि मद्धत गर्ने भएकोले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
शान्ति नमुना माध्यमिक विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षता तथा प्रधानाध्यापक कुलप्रसाद लामिछानेको स्वागतमा भएको उद्घाटन कार्यक्रममा तिलोत्तमाका उपप्रमुख जगेश्वरीदेवी चौधरी, वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, नेपाल पौडी संघका केन्द्रीय वरिष्ट उपाध्यक्ष जयप्रकाश भट्टराई, तिलोत्तमा खेलकुद समितिका अध्यक्ष लोक पुन, विद्यालयका सल्लाहकारहरु लक्ष्मण खनाल, टेक बहादुर थापा, अर्जुनराज उपाध्याय लगायतले खेलाडीहरुलाई शुभकामना दिनुभएको थियो ।
प्रतियोगिताको विजेता विद्यालयले नगद १९ हजार ९ सय ९९ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने विद्यालयले १५ हजार ५ सय ५५ रुपैया, तृतीय हुने विद्यालयले ११ हजार १ सय ११ रुपैया र चौथो हुने विद्यालयले ७ हजार ७ सय ७७ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

≪ Previous Post

१० औं साई ग्लोबल कप क्रिकेटको उपाधि बुटवल कालिका क्याम्पसलाई

Next Post ≫

बिभिन्न मुद्धाका ३ जना फरार अभियुक्त पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क