Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कैलाली उवासंघका पदाधिकारीलाई बुटवलमा स्वागत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कैलाली उवासंघका पदाधिकारीलाई बुटवलमा स्वागत

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0
कैलाली उवासंघका पदाधिकारीलाई बुटवलमा स्वागत
50
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २६ साउन । बुटवल उद्योग वाणिज्य संघले कैलाली उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत गरेको छ ।
कैलालीका अध्यक्ष पुष्पराज कुवंरको नेतृत्वमा भ्रमणमा आएको टोलीलाई बुटवलका अध्यक्ष खिम बहादुर हमाल सहित संघका पदाधिकारीहरुले संघ सचिवालयमा स्वागत गर्नु भएको हो ।
दुई संघका प्रतिनिधि बिच बुटवल र कैलालीको औद्योगिक तथा व्यापारिक अवस्था, पर्यटकीय क्षेत्र, सचिवालय सुदृढिकरण, मेला तथा प्रदर्शनीको सञ्चालन तथा व्यवस्थापन, संस्थागत सम्वन्ध लगायतका बिषयमा छलफल भएको बुटवल उद्योग वाणिज्य संघले जनाएको छ ।
भ्रमण टोलीलाई स्वागत गर्दै बुटवलका अध्यक्ष हमालले बुटवलको बिकासका लागि संघले बुटवल बहुमुखी क्याम्पसमा बिज्ञान संकायको भवन निर्माण, लुम्विनी बाणिज्य क्याम्पसको स्थापना, लुम्विनी प्रादेशिक अस्पतालमा प्रसुति गृह भवन निर्माण, सिद्धार्थ महिला तथा वाल अस्पतालको स्थापना जस्ता कार्य गर्नुका साथै प्रदेश ५ को प्रदेश सभा र प्रदेश सभा सचिवालयका लागि संघले आफ्नो सचिवालय प्रदेश सरकारलाई ५ वर्षका लागि उपलब्ध गराएको जानकारी गराउनु भयो ।
अध्यक्ष हमालले बुटवललाई आर्थिक केन्द्रका रुपमा स्थापित गर्न मोतिपुरमा औद्योगिक क्षेत्रको स्थापना र बुटवलमा बिशिष्टकृत व्यवसायलाई प्राथमिकतामा राखेर प्रदेश तथा स्थानीय तहको सरकारसंगको समन्वयमा संघले काम गरिरहेको बताउनु भयो ।
यस्तै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवंरले सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको कैलाली उद्योग वाणिज्य संघले पनि स्थानीय तहमा अस्पताल, शिक्षण संस्था स्थापना, पर्यटकीय क्षेत्रको प्रचार प्रसार देखि बिमानस्थलको कालोपत्रे गर्न व्यवसायीहरुले समेत चन्दा उठाएर सरकारलाई सहयोग पु¥याएको बताउनु भयो ।
कार्यक्रममा बुटवलका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठ, महासचिव दिनेश प्रसाद श्रेष्ठ, कार्यसमिति सदस्य नरिश्वर शर्मा, भेषराज गैरे, मुक्ति अधिकारी, दिनेश श्रेष्ठ, धनकुमारी खनाल कैलालीका प्रथम उपाध्यक्ष शिवराज कुवंर, द्धितीय उपाध्यक्ष गगनराज केसी, सचिव सिद्धराज पनेरु लगायतले बोल्नु भएको थियो ।

≪ Previous Post

कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काईने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क