Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0
रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण
70
SHARES
ShareTweet

बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवको वर्ष २०२४÷२५ को २४ औं अर्थात २३२ औं नियमित बैठकका दिन क्लवका सदस्यहरुलाई अभिमुखीकरण प्रदान गरिएको हो ।
रोटरीयनहरुलाई अभिमुखीकरण गर्दै डिष्ट्रिक लर्निङ फेसिलिटिङ कमिटीका चेअर लक्ष्मण ज्ञवालीले कति संख्यामा रोटरीयनहरु वृद्धि गर्यौं भन्दा पनि उनीहरुलाई रोटरीयन बनाइराख्न सक्यौं कि सकेनौं भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।
रोटरी पनि अव समयअनुसार परिवर्तित हुनुपर्नेमा जोड दिंदै ज्ञवालीले नयाँ सोंच र योजना अनुसार रोटरीलाई अगाडि बढाउनुपर्ने र सामाजिक क्षेत्रमा प्रभाव पार्न सक्नुपर्ने उल्लेख गर्नुभयो । रोटरी के हो, यसमा किन आवद्ध हुने जस्ता विषयहरुमाथि प्रकाश पार्दै उहांले समाजमा रोटरीयनको छुट्टै पहिचान र इमेज रहेकाले आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास र व्यवसाय प्रवद्र्धनका लागि समेत रोटरी महत्वपूर्ण माध्यम बन्न सक्ने बताउनुभयो ।

चौतारीले पायो एसिष्टेन्ट गभर्नर (एजी)

रोटरी क्लव अफ बुटवल चौतारीका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को एसिष्टेन्ट गभर्नर (एजी) नियुक्त हुनुभएको छ ।
वर्ष २०२५–२६ का लागि सुवेदी सहायक गभर्नरको रुपमा नियुक्त हुनुभएको हो । एसिष्टेन्ट गभर्नर भएकोमा क्लवले सुवेदीलाई सम्मान समेत गरेको छ । त्यस अवसरमा बोल्दै सुवेदीले क्लवलाई थप उचाईमा पु¥याउन आफूले भूमिका खेल्ने बताउंदै आफूलाई यस स्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, वर्तमान अध्यक्ष नुमेन्द्र पौडेललगायत क्लवका सबै सदस्यलाई धन्यवाद दिनुभयो ।
बैठकमा बोल्दै क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले रोटरी क्लव अफ बुटवल चौतारीले एसिष्टेन्ट गभर्नर पाएसँगै क्लवको गरिमा थप माथि उठेको बताउनुभयो । बैठकमा रोटरीयन माधव पौडेलले सम्पूर्ण रोटरीयनहरुलाई स्वागत गर्दै क्लवले अगाडि सारेका हरेक सर्भिस प्रोजेक्टहरुलाई सफलतापुर्वक अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ

Next Post ≫

साई ग्लोबल कपः न्यु होराइजन ‘बी’ र साई ग्लोबल ‘ए’ विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क