Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0
रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ
90
SHARES
ShareTweet

भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका ११ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले २०७८ भदौ २० गतेको फैसला बमोजिम चेक अनादर मुद्धामा फरार जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नं. १ बस्ने ब्रम्हा यादव, २०६५ माघ १५ गतेको फैसला बमोजिम जालसाजी मुद्धाका सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने पारँती अहिर र २०५३ बैशाख १३ गतेको फैसला बमोजिम जालसाजी मुद्धाका फरार सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने दल सिगार कलवारलाई पक्राउ गरेको छ ।
यस्तै २०४७ भदौ १४ गतेको फैसला बमोजिम कुटपिट मुद्धाका सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने खोचन पासी, २०७२ पुस १२ गतेको फैसला बमोजिम कुटपिट मुद्धाका मर्चवारी गाउँपालिका वडा नं. ७ बस्ने राकेश चौधरी, राज कुमार चौधरी, राजेन्द्र चौधरी र सम्मरीमाई गाउँपालिका वडा नं. ७ बस्ने ईस्रावती कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले २०७६ असार २२ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्धामा फरार बुटवल उप– महानगरपालिका वडा नं. ७ बस्ने मित्र प्रसाद गौचनलाई पक्राउ गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले २०७२ माघ ४ गतेको फैसला बमोजिम सार्वजनिक मुद्धामा फरार बुटवल उप– महानगरपालिका वडा नं. ५ बस्ने सुरेश खनाललाई पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरी टोलीले २०७८ कार्तिक ९ गतेको फैसला बमोजिम अभद्र ब्यवहार मुद्धामा फरार सम्मरीमाई गाउँपालिका वडा नं. ४ बस्ने सत्यनारायण केवटलाई पक्राउ गरेको छ ।

≪ Previous Post

रोटरी तिलोत्तमा रुपन्देहीमा दीपक भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति

Next Post ≫

रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क