भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका ११ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले २०७८ भदौ २० गतेको फैसला बमोजिम चेक अनादर मुद्धामा फरार जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नं. १ बस्ने ब्रम्हा यादव, २०६५ माघ १५ गतेको फैसला बमोजिम जालसाजी मुद्धाका सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने पारँती अहिर र २०५३ बैशाख १३ गतेको फैसला बमोजिम जालसाजी मुद्धाका फरार सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने दल सिगार कलवारलाई पक्राउ गरेको छ ।
यस्तै २०४७ भदौ १४ गतेको फैसला बमोजिम कुटपिट मुद्धाका सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने खोचन पासी, २०७२ पुस १२ गतेको फैसला बमोजिम कुटपिट मुद्धाका मर्चवारी गाउँपालिका वडा नं. ७ बस्ने राकेश चौधरी, राज कुमार चौधरी, राजेन्द्र चौधरी र सम्मरीमाई गाउँपालिका वडा नं. ७ बस्ने ईस्रावती कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले २०७६ असार २२ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्धामा फरार बुटवल उप– महानगरपालिका वडा नं. ७ बस्ने मित्र प्रसाद गौचनलाई पक्राउ गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले २०७२ माघ ४ गतेको फैसला बमोजिम सार्वजनिक मुद्धामा फरार बुटवल उप– महानगरपालिका वडा नं. ५ बस्ने सुरेश खनाललाई पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरी टोलीले २०७८ कार्तिक ९ गतेको फैसला बमोजिम अभद्र ब्यवहार मुद्धामा फरार सम्मरीमाई गाउँपालिका वडा नं. ४ बस्ने सत्यनारायण केवटलाई पक्राउ गरेको छ ।
