Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

संसारपोस्ट संवाददाता · ११ पुष २०८१ · 0
भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
60
SHARES
ShareTweet

भैरहवा । सिमावर्ती शहर भैरहवालाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकाम समेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’ (एएनपिआर) जडान गरेको हो ।
यहाँ हुने सवारी दुर्घटना देखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’(एएनपिआर) जडान गरिएको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) ईस्तियाक अहमद खाँले जडान गरिएको अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
उहाका अनुसार भैरहवालाई सुरक्षित पार्न देवकोटा चोक, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल अगाडी र वेलहिया वाईपासमा एनएनपिआर क्यामरा जडान गरिएको छ । यसबाट सवारी दुर्घटनामा संलग्न सवारीसाधनको पहिचान मात्र नभई नेपाल सरकारले खोजी सूचिमा राखेका व्यक्तिको समेत कुनैपनि बेला पहिचान गरी अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले उज्यालोमा मात्र नभई रातीको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाएपनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने बताउनुभयो । जसका कारण प्रहरीलाई अपराध नियन्त्रणमा समेत सहयोग पुगिरहेको उहाको भनाइ छ । उहाका अनुसार यसबाहेक सिद्धार्थनगर नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सिसिटीभी क्यामरा जडान गरेर नगरका गतिबिधिहरु निगरानी गर्दै आएको छ  ।
बुद्धचोक, मायादेबी तरकारी बजार छिर्ने चोक, बसडिलहवा जाने चोक, ब्रमेलीटोल, जनकपथ, देवकोटा चोक, मिलनचोक, बिद्रोही चोक, भाजुरत्नचोक, आँखा अस्पताल, मेउडिहवा, उद्योगपुरी, मायादेबी चोक, भैरहवा क्याम्पस अगाडी, बसपार्क, निर्माण चोक लगायतका स्थानमा सिसिटीभी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत तपन पाण्डेले जानकारी दिनुभयो। अवाश्यकताको आधारमा थप एएनपिआर र सिसिटीभी क्यामरा जडान गर्ने योजना नगरपालिकाको रहेको उहाले बताउनुभयो ।

≪ Previous Post

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : गायिका एलिनासंगै झुमे दर्शक

Next Post ≫

लागुऔषध बिरुद्ध सिद्धार्थनगरका विद्यार्थीलाई अभिमुखिकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क