Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेलामा दर्शकको भिड : गायिका एलिनासंगै झुमे दर्शक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : गायिका एलिनासंगै झुमे दर्शक

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0
औद्योगिक व्यापार मेलामा दर्शकको भिड : गायिका एलिनासंगै झुमे दर्शक
100
SHARES
ShareTweet

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच बहुचर्चित गायिका एलिना चौहानको दमदार प्रस्तुति रह्यो । आज क्रिसमस र सार्वजनिक विदा भएका कारण बुधबार मेलामा खचाखच दर्शक भरिएका थिए । उद्घोषकले मञ्चमा एलिनाको नाम उच्चारण गरेसंगै दर्शक दिर्घाबाट हुटिङको वर्षाभयो । जब एलिनाले माईक समातेर शब्द उच्चारण गरिन्, दर्शकको हुटिङको माहौल अझै बढ्यो ।
एलिनाले ५० औं हजार दर्शकका बिच आफ्नो गायन करियर सुरु गर्दादेखिका पछिल्ला सबै गित गाएर भरपुर मनोरञ्जन प्रदान गरिन् । एलिनाले गित गाउँदा दर्शकले पनि संगसंगै गित गाउदै हुटिङ गर्दै नाचेका थिए । बुटवलको मञ्चमा एलिनाले कट्टा हान्दिन्छु, धोकेवाज हौ तीमि, मिनरल वाटर, आईफोन हरायो लगायतका थुप्रै गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन गराईन ।
बुधबार एलिना सहित लोक तथा दोहोरी गायक कृष्ण रेउले, नारायण विपि परियार, सुशिला गौतम, धनबहादुर गुरुङ, शिला गुरुङ, तारा थापा, दिपा थापा लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।
त्यस्तैगरी भोली बिहिबार लोक तथा दोहोरी गायक श्याम राना, सपना गाहा, विधान कार्की, सुनि तामी, निरु गुरुङ, हरि खत्री, हास्य कलाकार कमल गाउँले, डान्सर विना धिताल, शिल्पा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो ।
बुधबार मेलामा ४० हजार बढी दर्शकले अवलोकन गरेका छन् । मेला कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बुधबार मात्रै मेलामा ४० हजार बढीले अवालोकन गरेको बताउनु भयो ।
यहि पुस ३ गतेदेखि सुरु भएको औद्योगिक व्यापार मेला १८ गते सम्म सञ्चालन गरिने छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि छन् । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराउनु भयो ।

 

≪ Previous Post

लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम

Next Post ≫

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क