Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0
लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम
110
SHARES
ShareTweet

बुटवल । फोटो ग्राफरहरुको हक हित र व्यवसायिक फोटो ग्राफीको विकासमा समर्पित संस्था लुम्बिनी फोटोग्राफर संघ बुटवलको १८ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षता र बुटवल उप महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा भएको बार्षिक साधारणसभामा पुराना तथा नयाँ फोटोग्राफर एबम सल्लाहकारहरुलाई सम्मानगर्दै संस्थाका गतिविधि, उपलब्धि र भावी योजना प्रस्तुत गरिएका थियो ।

कार्यक्रममा बोल्दै बुटवलका नगर प्रमुख पाण्डेले फोटो मार्फत पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउन सबैलाई आग्रह गर्नुभयो । फोटोले हजार शब्दको बर्णन गर्ने भन्दै उहाँले लुम्बिनी फोटोग्राफर संघले सामाजिक प्रगतिमा उल्लेखनिय कार्य गरेको समेत बताउनुभयो । पर्यटन प्रबर्द्धनका लागि उपमहानगर हरदम तयार रहेको बताउदै नगर प्रमुख पाण्डेले सहकार्यका लागि अघि बढ्न आग्रह समेत गर्नुभयो । नगर प्रमुख पाण्डेले फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल फोटोग्राफर महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र उपाध्यायले फोटोग्राफरहरुको हकहित र सुरक्षाका लागि महासंघ स्थापना भएको र अझ सशक्तका साथ् फोटोग्राफी र फोटोग्राफरको संरक्षणका लागि व्यवसायिक रुपमा एकजुट हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै अध्यक्ष दिनेश अर्यालले सबै फोटो स्टुडियो, फोटोग्राफी तथा भिडियोग्राफी पेशामा संलग्न पेशागत व्यक्तिहरु एकजुट भएमात्रै यसको व्यवसायिक प्रगति हुने बताउनुभयो । अध्यक्ष अर्यालले आगामी दिनमा लुम्बिनी फोटोग्राफर संघमा आबद्धहरुको हकहित सुरक्षा र संरक्षणका निम्ति हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा बुटवल ६ का अध्यक्ष लोकनाथ पाण्डेले पनि बोल्नुभएको थियो ।

साधारण सभामा लुम्बिनी फोटोग्राफर संघमा आबद्ध आजीवन सदस्य, पुराना तथा नयाँ फोटोग्राफर, केन्द्रिय सदस्य तथा जिल्ला जिल्ला बाट प्रतिनिधिको रुपमा आएका फोटोग्राफरहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका बरिष्ठ उपाध्यक्ष राम प्रसाद भण्डारीले र कार्यक्रम सञ्चालन महासचिव त्रिभुवन पाण्डेले गर्नुभएको थियो ।

≪ Previous Post

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

Next Post ≫

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : गायिका एलिनासंगै झुमे दर्शक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क