Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0
मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई
60
SHARES
ShareTweet

भैरहवा । भैरहवामा सम्पन्न मैत्रीपूर्ण फुटसलमा जिल्ला सुरक्षा समितिले उपाधि जितेको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा बुधबार भैरहवामा आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा लुम्बिनी प्रेस क्लब बी टिमलाई ५–२ गोल अन्तरले पराजित गर्दै जिल्ला सुरक्षा समिति, रुपन्देहीले उपाधि जितेको हो ।

यसअघि जिल्ला सुरक्षा समितिले उद्योग ब्यापार संगठन, रुपन्देहीलाई पेनाल्टी सुटआउटमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । यस्तै, सुरक्षा समितिले सेमिफाइनलमा सिद्धार्थनगर नगरपालिकाको टिमलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

उपबिजेता बनेको लुम्बिनी प्रेस क्लब बी टिमले सिद्धार्थ उद्योग बाणिज्य संघको टिमलाई ५–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । प्रेस क्लबले सेमिफाइनलमा बाइ पाएपछि सुरक्षा समितिसँग उपाधिका लागि प्रतिस्पर्धा गरेको थियो ।

सिद्धार्थनगर नगरपालिकाको टिमले लुम्बिनी प्रेस क्लव ए टिमलाई पेनाल्टी सुटआउटमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । तर, सेमिफाइनल पुगे पनि जिल्ला सुरक्षा समितिसँग पराजित भएपछि उपाधि होडबाट बाहिरियो ।

प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी घिमिरे, क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थनगर नगरपालिका वडा नं. १३ का अध्यक्ष सोमबहादुर गुरुङ, क्लबका पूर्व अध्यक्ष नरेश केसी, प्रहरी नायव उपरीक्षक सुरज कार्की, खेल संयोजक भीम भण्डारी लगायतले बोल्दै यस्ता प्रतियोगिताले एकता, आपसी भाइचारा र भातृत्व बिकास गर्ने जनाउनुभयो । बिजेता र उपबिजेता टिमलाई लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आगामी पुष १४ गते हुने स्थापना दिवस समारोहमा पुरस्कृत गरिने महासचिव प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।

≪ Previous Post

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

Next Post ≫

लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क