Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0
उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास
100
SHARES
ShareTweet

बुटवल । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलाले उद्योगबाट उत्पादित बस्तुको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसंगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने भनाई राख्नुभयो ।
बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधिन अवस्थामा रहेको अन्तर्राष्ट्रि प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रीपरिषदबाट पारित भईसकेको बताउँदै सञ्चालन व्यवस्थापनको लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराउनु भयो ।
यहि पुस ३ गतेदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन उपप्रधानमन्त्री सिंहले गर्ने कार्यक्रम तय भएको थियो । तर मन्त्री सिंह पारिवारिक शोकमा परेका कारण आउन नसकेकोले मेला अवलोकनका लागि आएको बताउनु भयो । उहाँले मेलाको सफलताको शुभकामना व्यक्त गर्दै मेलाको व्यवस्थापन राम्रो देखिएको प्रतिक्रिया दिनुभयो ।
उपप्रधानमन्त्री सिंहलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे लगायत बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनाकुमारी खनाल लगायतका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । त्यसै अवसरमा उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले प्रदर्शनीस्थल संगै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको समेत अवलोकन गर्नुभएको थियो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि छन् । औद्योगिक उत्पादनको प्रवर्धन, कृषि, पर्यटनको प्रवर्धन तथा व्यबसायिकरणका लागि बिशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी ९फूड एण्ड वेभरेज०, अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेकाछन् । त्यसैगरी दुवई फिस टनेल सहितको वालउद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेका छन् ।

 

≪ Previous Post

१३ थान अबैध सालको गोलिया काठ प्रहरी नियन्त्रणमा

Next Post ≫

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क