भैरहवा । रुपन्देही प्रहरीले अबैध सालको काठ नियन्त्रणमा लिएको छ । यही पुस ८ गते जिल्लाको कञ्चन गाउँपालिका वडा नं.१ एकतानगरमा अबैध रुपमा काठ ओसारपसार भैईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी र प्रहरी चौकी व्यहोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले १३ थान गोलिया (५४.४३ क्युफिट) काठ नियन्त्रणमा लिएको हो । प्रहरीले अन्दाजी १ लाख ३६ हजार वरावरको साल जातको काठ बेवारीसे अबस्थामा फेला पारेको जनाएको छ । उक्त काठ प्रहरीले आवश्यक कारवाहीको लागि सब–डिभिजन बन कार्यालय कञ्चन फायरलाईनमा पठाईएको जनाएको छ ।
