भैरहवा । सिद्धार्थनगर नगरपालिका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभिमुखिकरण सुरु गरेको छ ।
सिद्धार्थनगर नगरपालिका अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकालागि लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखिकरण बिहीबारदेखि सुरु गरिएको हो । सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया माबिबाट सुरु गरिएको अभिमुखिकरणको उद्घाटन गर्दै नगर प्रमुख ईस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यनगर्दा विद्यार्थीहरु बहकाउमा परेर लागुऔषध दुर्ब्यशन भएकाले सोको रोकथामकालागि अभियान सुरु गरिएको बताउनुभयो ।
उहाले विद्यार्थीहरुको अनुशासन महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविश्यमा सवल, सक्षम एवं सफल ब्यक्ति बन्न लागुऔषध सेवनबाट टाढै रहनु पर्ने बताउनुभयो । नगर उप प्रमुख उमा अधीकारीले यो उमेर चञ्चल एवं अधैैर्यताको बेला भएकाले बढी भन्दा बढी सचेत हुनु पर्नेमा जोड दिनुभयो । उहाले कतिपय अवस्थामा साथिसङ्ग, सामाजिक सजांलको प्रयोगबाट समेत लागुऔषध दुर्ब्यशनमा पर्न सकिने भन्दै यस्ता कुराहरुमा सचेत रहदै आफ्नो अध्यनमा केन्द्रीत रहन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो।
कार्यक्रम आगामी पुस १७ गतेसम्म सचांलन हुने र बेलहिया माबि सहित, भानु माबि, भैरहवा नमुना उच्च माबि, लिलाराम न्यौपाने माबि र महात्मा बुद्ध माबिमा सन्चालन हुने नगरपालिकाका समाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो । महिला बिकास शाखा प्रमुख कौशल्या चौधरीको सन्चालन, शिक्षा अधिकृत जानहवि पाण्डेको स्वागतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैरेले प्रशिक्षण दिनुभएको थियो ।