Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा मेयरकप टि–२० क्रिकेटको तयारी : १६ टिमको सहभागिता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा मेयरकप टि–२० क्रिकेटको तयारी : १६ टिमको सहभागिता

संसारपोस्ट संवाददाता · २ पुष २०८१ · 0
तिलोत्तमामा मेयरकप टि–२० क्रिकेटको तयारी : १६ टिमको सहभागिता
90
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यही पौष १० गतेदेखि मेयर कप नकआउट टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरभित्र रहेका युवा प्रतिभाहरुको खेल प्रस्फुटन गर्ने उद्देश्यका साथ तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा तिलोत्तमाका १६ वटा वडा सहभागि हुने भएका छन् । प्रतियोगितामा वडा नम्बर १२ बाहेक सबै वडाबाट सहभागिता रहने छ । नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा टाईसिट सार्वजनिक गर्दै नगरबाट ग्रासरुट र प्रशिक्षणका धेरैभन्दा धेरै कार्यक्रम गर्ने तयारीमा रहेको बताउनुभयो । हरेक जसो खेलकुद गतिविधि गर्दा वडास्तरबाट धेरै सहयोग हुने भन्दै उहांले खेलमा गरिएको लगानीबाट नै खेलाडी उत्पादनमा प्रोत्साहन हुने बताउनुभयो ।

कार्यक्रममा खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले नेपाली क्रिकेटको विकासमा रुपन्देहीको महत्वपूर्ण भुमिका रहँदै आएको बताउनुभयो । स्थानीयस्तरमा हुने खेल गतिविधि कै कारण युवा प्रतिभा प्रस्फुटन हुदै आएको उहांले बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीले प्रतियोगिता बारे प्रकाश पार्दै नगरभित्रका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि कार्यक्रम गर्न लागेको बताउनुभयो । नगरमा रहेका युवा खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिता हुने उहांले बताउनुभयो । उहांका अनुसार नगरपालिकाबाट ५ लाख रुपैया बजेट बिनियोजन गरिएको प्रतियोगितामा १० लाख रुपैया खर्च हुने र प्र्रतियोगिता ड्युज बलबाट खेलाईने छ ।

उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेतालाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा प्लेयर अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, बलर र हरेक खेलमा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने छ । यसैगरि मनोरञ्जन हुने गरि जनप्रतिनिधि, पत्रकार, आयोजकहरुका बिचमा पनि खेल खेलाईने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कार्यक्रममा समितिका उपाध्यक्ष कृष्ण भुषालले खेलाडीहरुलाई प्रोत्साहन हुने गरि ड्युज बलबाट खेल खेलाईने बताउनुभयो । एउटा प्याकेज बनाएर नै हरेक वडाहरुलाई सहभागि गराएर समितिले प्रतियोगितामा प्राविधिक सहयोग गर्न लागेको उहांले बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय एम्पायर राम पाण्डेय, समितिका सचिव मिलन भण्डारी, कोषाध्यक्ष दिपेश पाण्डेयले खेल क्षेत्रको विकासमा सरोकारवालाको सहयोग जरुरी रहेको बताउनुभयो । नवजिवन खेल मैदानमा पुस १० देखि १७ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रतियोगिताको पहिलो खेल वडा नं २ र ३ बिचमा हुनेछ । अर्को खेल दिउसो खेल ११ र १७ का बिचमा हुने छ ।

≪ Previous Post

नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी, २८ गते निर्वाचन

Next Post ≫

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क