Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई

संसारपोस्ट संवाददाता · २ पुष २०८१ · 0
स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई
70
SHARES
ShareTweet

भैरहवा । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले जितेको छ । मंगलबार भएको फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । जितसँगै होराइजने ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको देवदह बुद्धले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका लागि पाएको ७१ रनको लक्ष्य न्यु होराइजनले १९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ७६ रन बनाउँदै पुरा गर्दै उपाधि रक्षा गर्यो । उसको जितमा समीरजंग सिंह ठकुरीले अविजित २० र अनिश भट्टराईले १९ रनको योगदान गरे । बलिङमा देवदह बुद्धका कृष केसीले २ तथा रोहन कुँवर र आयुष विकले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदह बुद्धले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको सामान्य योगफल बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका निरज घिमिरे र राहुल नाउले ३–३ तथा अनिश भट्टराई, सुप्रिम कँडेल र प्रिन्स पालले १–१ विकेट लिए । देवदह बुद्धका दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले हार व्यहोर्यो । होराइजनका निरज घिमिरे म्यान अफ द फाइनल भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा न्यु होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, होराइजनकै राहुल नाउ बेष्ट ब्याटर र सुप्रिम कँडेल बेष्ट बलर भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूल बेष्ट अनुशासित टिम घोषित भयो ।

रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताका विजेता टिमलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, संघका पूर्वअध्यक्षहरु प्रशान्तविक्रम मल्ल र प्रेमकुमार सेन्चुरी, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, मुख्य प्रयोजक विमल सेन्चुरी, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायतले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमामा मेयरकप टि–२० क्रिकेटको तयारी : १६ टिमको सहभागिता

Next Post ≫

बुटवलमा भोलीदेखि औद्योगिक व्यापार मेला : उर्जा मन्त्री खड्काले उद्घाटन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क