Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा

संसारपोस्ट संवाददाता · २६ मंसिर २०८१ · 0
शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा
90
SHARES
ShareTweet

तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीको प्रमुख आथित्यता र तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणको विशेष आथित्यतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बोल्दै पूर्व मुख्यमन्त्री लिला गिरीले मानव जीवनको स्वास्थ्य र प्राकृतिक विपत्तिलाई न्यूनिकरण गर्नका लागि वन संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । जति वनको संरक्षण गर्न सक्यो त्यत्ति नै मानव जातिको स्वास्थ्य तथा स्वच्छ वावरणका लागि समेत फाइदाजनक हुने उहांले उल्लेख गर्नुभयो ।

साधारणसभामा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकाले नगरमा हरियाली प्रवद्र्धनमा विशेष ध्यान दिएको बताउँदै स्थानीय सरकारले हरियाली प्रवद्र्धन वन संरक्षणका लागि गर्नुपर्ने र गर्न सक्ने सबै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तिलोत्तमा नगरपालिका उपमेयर जागेश्वरी देबी चौधरीले पनि तिलोत्तमा नगरपालिकाको मुख्य ध्यान हरियाली प्रवद्र्धनमा रहेको बताउंदै सामुदायिक वन लगायतका संघसंस्थाहरुसंग सहकार्यगरेर अगाडी बढ्ने बताउनुभयो ।

साधारणसभामा सामुदायिक बनका अध्यक्ष रबिन्द्र बस्नेतले समूहको तर्फबाट बार्षिक नीति तथा कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष बस्नेतले वन उपभोक्ता समूहको गत आर्थिक वर्षमा खुद १ करोड ३४ लाख ६ हजार ५८३ आम्दानी भएको र १ करोड १ लाख ९२ हजार ७२ रुपैयां खर्च भएको जानकारी गराउनुभयो ।

साधारण सभामा सामुदायिक वन समूहको सेवा क्षेत्र भित्रका सार्वजनिक सरकारी ५ वटा विद्यालयका २\२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु. ५ हजारका दरले छात्रवृत्ति एवं पुरस्कार प्रदान गरिएको थियो । यस्तै सामुदायिक बनका पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षले आफ्नो कार्यकाल भरी सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न बर्गका ८ जना छात्र छात्रालाई प्रति विद्यार्थी रु. ५ हजारका दरले छात्रबृत्ति प्रदान गर्ने घोषणा गरे अनुरुप यस साधारण सभामा पनि पदाधिकारीहरुको तर्फबाट ८ जना छात्रछात्रालाई सहयोग रकम प्रदान गरिएको थियो ।

सो कार्यक्रममा सामुदायिक वनका कानुनी सल्लाहकार तथा लुम्बिनी प्रदेशका पूर्व महान्याधिवक्ता खुमाकान्त पौडेल, वरिष्ठ सल्लाहकार टेकबहादुर थापा, तिलोत्तमा ३ का वडा अध्यक्ष कल्याण पौडेल, नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेय, एमाले तिलोत्तमा नगर अध्यक्ष मिनप्रसाद पोखरेल, माओवादी तिलोत्तमा नगर इन्चार्ज वेलप्रसाद शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका तिलोत्तमा नगर अध्यक्ष राधिका श्रीस, सामुदायिक वनका महिला पार्षद भगवती बस्याल, पुरुष पार्षद लोकनाथ पाण्डे, महिला उपसमूहकी धनिकला पाण्डे, शँकरनगर दुर्गादत्त माविका प्राचार्य चन्डीप्रसाद पाण्डे लगायतले बोल्दै वन संरक्षण गर्नु सबैको दायित्व र कर्तब्य भएको बताउनुभयो ।
सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला ज्ञवालीले स्वागत, सचिव कालिका अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो भने कोषाध्यक्ष भुवन आचार्यले समूहको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गोविन्द प्रसाद अर्यालले लेखासमितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

शंकरनगर सामुदायिक वनको कुल क्षेत्रफल ५८४.६० हेक्टर मध्ये ११८.४२ रुख खण्ड, ३५५.९९ हेक्टर पोल खण्ड, ११०.१९ हेक्टर वृक्षारोपण खण्ड मध्येबाट वर्गीकरण गरी त्यसबाट ५१.३४ हेक्टर क्षेत्रफल पर्यापर्यटनका लागि छुट्याइएको समूहका उपाध्यक्ष कमला ज्ञवालीले जानकारी गराउनु भयो । समूहका कोषाध्यक्ष भुवन आचार्यका अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर १ देखि ४ वडासम्म कार्यक्षेत्र पर्ने शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको स्थापना वि.स. २०४५ सालमा भएको हो ।

≪ Previous Post

सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा

Next Post ≫

नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी, २८ गते निर्वाचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क