Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा

संसारपोस्ट संवाददाता · २४ मंसिर २०८१ · 0
सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा
130
SHARES
ShareTweet

भैरहवा । स्थानीय उत्पादनको प्रबद्र्धन, एकअर्काबीच अनुभव आदानप्रदान, लगानीको वातावरण सिर्जना र पर्यटकीय विकास तथा प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी सम्बन्ध कायम गरिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा भैरहवामा आयोजित ९औं लुम्बिनी राष्ट्रिय महोत्सवको अवसरमा निजी क्षेत्रका प्रभावशाली दुई संस्थाबीच मितेरी साइनो गाँसिएको हो । यसले दुबै जिल्ला र प्रदेशका उद्योगी–व्यवसायीहरुका साथै सर्वसाधारणलाई समेत फाइदा पुग्ने अपेक्षा राखिएको छ । सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षसहितको टोली महोत्सव अवलोकनको लागि भैरहवा आएको अवसरमा मितेरी साइनो गाँसिएको थियो ।

रुपन्दही र सुर्खेतको प्रवद्र्धन र आत्मियता बढाउनका लागि समेत यसले योगदान दिने दावी दुबै संस्थाले गरेका छन् । ‘हमीले सुर्खेतमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आएका छौं । रुपन्देही औद्योगिक एवं पर्यटकीय हबको रुपमा विकास भइसकेको छ । यहाँ आएर मितेरी साइनो गाँस्दा दुबै जिल्लालाई लाभ मिल्ने ठानेका छौं’, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भन्नुभयो, ‘हामी दुई संघको सहकार्यले देशको अर्थतन्त्रमा टेवा पुग्नुका साथै हाम्रो यो मित्रवत सम्बन्ध पनि सयौँ वर्षका लागि हुनेछ ।’

उहांले दुबै संस्थाले एकअर्का ठाउँको उत्पादनको प्रवद्र्धन, बजारीकरण र पर्यटकीय स्थलको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । ‘लुम्बिनीसहितका पर्यटकीयस्थलमा आएका पर्यटकलाई सुर्खेतसहित कर्णालीका गन्तव्यमा पठाउन तपाईंहरु पहल गर्नुस्’, उहांले भन्नुभयोे, ‘उता आएका र आन्तरिक पर्यटकलाई हामीले यता पठाउन पहल र प्रोत्साहन गर्छौं ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दुबै संघबीचको मितेरी सम्बन्धले दुबै क्षेत्रको उद्योग व्यवसाय, पर्यटन लगायतका क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामी त्यसै पनि एकअर्काबीचको सम्बन्ध कायम भएका संस्था हौं । अझ मितेरी सम्बन्धले प्रघाढ बनाएको छ । यसमा हामी खुसी छौं’, उहांले भन्नुभयोे, ‘यसले समग्रमा लुम्बिनी र कर्णाली प्रदेशको समग्र क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेछ ।’ उहांले संघमा कुनै राजनैतिक हस्तक्षेप नरहेको र निष्पक्ष रुपमा उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्दै आएको बताउनुभयो ।

सिद्धार्थ उद्योगी वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले लामो इतिहास बोकेको दुई उद्योगी व्यवसायीहरुको संघबीचको सहकार्यले व्यवसायी सँगै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिकामा रहने बताउनुभयो । साथै दुई क्षेत्रका उद्योगी व्यवसायीहरुको समस्या, चुनौती, अवसर र सम्भावनाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका महाससचिव कृष्णप्रसाद घिमिरे, सचिव मंगल भण्डारी, कोषाध्यक्ष कमल मरासिनी लगायत पदाधिकारी र कार्यसमिति, सुर्खेतबाट निर्वतमान अध्यक्ष धनबहादुर रावत, वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेमबहादुर रावत, उद्योग उपाध्यक्ष सिंहराज बम, महिला उपाध्यक्ष तारा रावत, महासचिव भद्र भण्डारी, उपमहासचिव कृष्णप्रसाद सुवेदी, कोषाध्यक्ष रामप्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो ।

लुम्बिनी महोत्सवमा ४० जिल्लाका उत्पादन प्रदर्शनीका लागि राखिएको छ । यसमा सुर्खेतसहित कर्णाली प्रदेशका थुप्रै स्थानीय उत्पादन पनि स्टलमा रहेको संघले जनाएको छ । यसले पनि दुबै संस्थाको सम्बन्धलाई थप फराकिलो बनाएको जनाइएको छ । महोत्सवले स्वदेशी उत्पादन र पर्यटकीय विकासमा टेवा पुर्याई यस क्षेत्रको आर्थिक गतिविधिलाई फस्ट्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

≪ Previous Post

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेट : लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता

Next Post ≫

शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क