Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेट : लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेट : लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता

संसारपोस्ट संवाददाता · २४ मंसिर २०८१ · 0
स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेट : लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता
110
SHARES
ShareTweet

भैरहवा । लुम्बिनी शिक्षा निकेतन र शान्ति नमूना मावि भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा विजयी भएका छन् । सोमबार भएको खेलमा लुम्बिनी शिक्षा निकेतनले प्यारामाउण्ट इङ्गलिस बोर्डिङ स्कूललाई ३६ रन र शान्ति नमूनाले साई ग्लोबल एकेडेमीलाई ४० रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय १९ रन बनायो । उसका लागि वलिउद्दिन खाँनले ४०, कमलेश चाईले अविजित ३० र जावेद खानले १३ रन बनाए । बलिङमा प्यारामाउण्टका गौरभ सापकोटाले ३ तथा भाविश पाण्डेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्यारामाउण्ट १९ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै समेटियो । उसका लागि आर्यन भण्डारीले १५ र दिप्सन ज्ञवालीले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम पराजित भयो । बलिङमा लुम्बिनी शिक्षा निकेतनका तौफिक अहम्मद र अफताब आलमले ३–३ तथा मोहम्मद आसिफ, जावेद खान र अफसर खानले १–१ विकेट लिए । खेलमा तौफिक अहम्मद प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले ९ विकेटको नोक्सानीम १ सय २७ रनको बलियो योगफल बनायो । उसका लागि रोशन बश्यालले ३९ र समीर नेपालीले अविजित १४ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका करम खानले ३, जावीर अली र मोहम्मद समिमले २–२ तथा साहज खानले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको साई ग्लोबल १४ ओभर ३ बलमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न शान्ति नमूनाका नवीन भण्डारीले ४, रोशन बश्याल र नितिषकुमार ठाकुरले २–२ तथा प्रमोद न्यौपानेले १ विकेट लिए । साई ग्लोबलका अदान अलीले २४, जावेद खानले १५ र करम खानले १० रन बनाए । खेलमा नवीन भण्डारी प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।

≪ Previous Post

रुपन्देहीका संघसंस्थाले भने –बुटवलको मेला सबैको हो

Next Post ≫

सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क