Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका संघसंस्थाले भने –बुटवलको मेला सबैको हो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका संघसंस्थाले भने –बुटवलको मेला सबैको हो

संसारपोस्ट संवाददाता · २४ मंसिर २०८१ · 0
रुपन्देहीका संघसंस्थाले भने –बुटवलको मेला सबैको हो
70
SHARES
ShareTweet

बुटवल । रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले बुटवलमा सञ्चालन हुने मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलाका सन्दर्भमा सोमबार मेला स्थल बुटवल मण्डपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीका संस्थाहरुले मेला सबैको भएकाले यसको अवनत्व सबैले लिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेला तयारीका बारेमा जानकारी गराउनु भयो । उहाँले मेला सञ्चालनका क्रममा गर्नुपर्ने थप तयारीका कुराहरुमा समेत सुझाव दिन आग्रह गर्नुभयो ।

त्यस अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष दिपिल सापकोटा, त्यसैगरी रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बुटवलमा यहाँका तीन वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्दै आएको र एउटाले गर्ने मेलामा अर्काे संस्थाको पूर्ण साथ र सहयोग रहने बताउनु भयो ।

त्यसैगरी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले मेलाको अवलोकनकर्ता बढाउनेगरी योजना बनाउन सुझाव दिँदै पछि समस्या नआउने गरी सुरुमै सचेत हुन आग्रह गर्नुभयो । त्यसैगरी होटल तथा पर्यटन व्यवसायी माधव नेपालले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्नेगरी मेलामा समेट्न आग्रह गर्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उपभोक्तामैत्री व्यवस्थापनमा जोड दिनुभयो । कार्यक्रममा यस क्षेत्रको विभिन्न व्यवसायिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

≪ Previous Post

प्रविधि मैत्री बन्दै सिद्धार्थनगर राजस्व संकलनमा :‘फेसलेस’ र ‘क्यासलेस’

Next Post ≫

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेट : लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क