Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी महोत्सवको आकर्षण :‘डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी महोत्सवको आकर्षण :‘डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’

संसारपोस्ट संवाददाता · १५ मंसिर २०८१ · 0
लुम्बिनी महोत्सवको आकर्षण :‘डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’
90
SHARES
ShareTweet

भैरहवा । कला–गला र नृत्य मार्फत् स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ । यही मंसिर २० देखि पुस १ सम्म भैरहवाको अंचलपुरमा आयोजना हुन लागेको महोत्सवका आकर्षण मध्ये यी दुई आइडल पनि रहेको मेला आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले जनाएको छ ।
महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले विगतका सिजनमा जस्तै यसपटकको आइडलले दर्शक र स्रोतको मन जित्ने विश्वास गर्नुभयो । ‘धेरै प्रतिभाहरु अझै हाम्रै छेउछाउ छन् तर उनीहरुले प्लेटफर्म नपाउँदा ओझेलमा छन्’, उहांले भन्नुभयो, ‘यसरी लुकेर रहेका भोलिका प्रतिभावान कलाकार हामीले बाहिर ल्याउन खोजेका छौं । पक्कै पनि यसले नेपाली नृत्य र संगीतको दुनियामा नयाँ आयाम थप्ने छ ।
उद्योग बाणिज्य संघले भैरहवा डान्स आइडलको अडिसन राउन्ड समेत गरिसकेको छ । जसमा २० जना प्रतियोगी चुनिएका छन् । यता भ्वाइस अफ भैरहवामा १० जना चुनिएका छन् । ‘हामीले महोत्सव लगाउन सुरु गरेको दुईदशक भएको छ । यो लामो इतिहासदेखि नै सिद्धार्थ उद्योग वाणिज्य संघले महोत्सव मार्फत् कलाकार उत्पादनमा जोड दिँदै आएको छ’, प्रधानले भन्नुभयो ।
महोत्सवमा स्थानीय कलाकारलाई बोलाएर नृत्य प्रस्तुत हुँदै आए पनि भैरहवा डान्स आइडल भने पहिलो पटक गर्न लागिएको हो । ‘सिजन–१ सुरु भएको छ’, उनले भने, ‘आउँदा महोत्सवमा यसलाई निरन्तरता दिन्छौं ।’ भ्वाइस अफ भैरहवा भने पाँचौ सिजनमा पुगेको छ । शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको अडिसनमा रुपन्देही जिल्लाका विभिन्न स्थानका प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।
महोत्सवका साँस्कृतिक संयोजक प्रधानले पछिल्लो समय बालबालिकामा कला र संगीतप्रतिको रुचिलाई मध्यनजर गर्दै यस पटक डान्स आइडलको सुरुवात गरिएको ले भ्वाइस अफ भैरहवालाई पनि निरन्तरता दिइएको हो । प्रधानले देशभरी छरिएर बसेका कलाकारहरुलाई एकीकृत गर्नका लागि यस पटक नयाँ खालको कार्यक्रम गर्न लागिपरेको जानकारी दिनुभयो ।
डान्स आइडलका निर्णायक सुभम शुक्लाले प्रतियोगीहरुलाई नृत्यमा स्टेज कभर, एक्सप्रेसन (हाउभाउ), कोर्डियोग्राफीका आधारमा चुनिएको बताउनुभयो । महोत्सव मूल आयोजक समितिका संयोजक एवं सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विगतका वर्षहरुमा संघकै आयोजनामा भएका भ्वाइस अफ भैरहवा मार्फत् नै भूपेन्द्र थापा मगर लगायतले यस क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
श्रेष्ठले आर्थिक चलायमान सँगै कला र सँस्कृतिको प्रवद्र्धन गर्नका लागि यस्ता खालका कार्यक्रमलाई प्रोत्साहन गरिएको बताउनुभयो । ‘महोत्सवका उत्पादन भोलि राष्ट्रिय कलाकार मात्रै बने भने पनि हाम्रा लागि खुशीको विषय रहन्छ’, श्रेष्ठले भननुभयो । उहांले हरेक व्यक्तिको योग्यता र क्षमतालाई संघले सम्मान गर्ने जनाउँदै युवापुस्ताका लागि दुबै आइडल उपयोगी, सिकाई तथा आकर्षक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भ्वाइस अफ भैरहवामा कुल ३० जना प्रतियोगी सहभागी भएकामा १० जना महोत्सवमा हुने स्टेज प्रस्तुतीका लागि चुनिएका छन् । भ्वाइस अफ भैरहवाका निर्णायक राजा शाहीले प्रतियोगितामा सहभागीहरुको दर्शकहरुलाई आकर्षण गर्न सक्ने क्षमता, सुर, टाइमिङलाई मध्यनजर गर्दै निर्णय गरिने जानकारी दिनुभयो ।
डान्स आइडल अडिसन राउन्डमा सहभागी २५ जना मध्ये २० जना चुनिएका छन् । भैरहवा डान्स आइडलमा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ भने भ्वाइस अफ भैरहवाको विजेता दर्शकहरुको रोजाइको आधारमा हुनेछ । महोत्सवमा उक्त प्रतियोगिहरुले रचनात्मक प्रस्तुती देखाउने छन् । भैरहवा डान्स आइडल सिजन–१ र भ्वाइस अफ भैरहवामा सिजन–५ मा प्रथम हुनेले २५ हजार, द्वित्तीय हुनेले २० हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

≪ Previous Post

एक्सेस एजुकेशन नेटवर्क बुटवलले मनायो २० औं स्थापना दिवस

Next Post ≫

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको साधारण सभा : राज्य पक्ष जिम्मेवार नहुदा यातायात व्यवसायी विस्थापित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क