Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एक्सेस एजुकेशन नेटवर्क बुटवलले मनायो २० औं स्थापना दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एक्सेस एजुकेशन नेटवर्क बुटवलले मनायो २० औं स्थापना दिवस

संसारपोस्ट संवाददाता · १३ मंसिर २०८१ · 0
एक्सेस एजुकेशन नेटवर्क बुटवलले मनायो २० औं स्थापना दिवस
90
SHARES
ShareTweet

बुटवल । एक्सेस एजुकेशन नेटवर्क प्रा।लि। बुटवलले आफ्नो २० औं स्थापना दिवस बिहीबार मनाएको छ । १९ वर्ष अघि स्थापना भएको एक्सेस एजुकेशनका काठमाडौ सहित देशका मुख्य मुख्य शहरहरुमा ८ वटा शाखा रहेका छन ।
संस्था स्थापना भएको २० औं बर्ष पुगेको अवसरमा बुटवल शाखाले बिहिबार एक कार्यक्रम गरी संस्थाको स्थापना दिवस मनाएको छ ।

सो अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अध्ययनका लागि विदेश गए पनि पछि आफ्नै देशमा आएर केही गर्नुपर्ने बताउनुभयो । अध्ययनका लागि बिदेश जाने बिद्यार्थीको पहुच बिदेश मात्र नभएर स्वदेशमा पनि हुनुपर्ने बताउनु भयो ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले विद्यार्थीको रोजाइ वैदेशिक अध्ययन देखिएकोले भरपर्दो माध्यमबाट जानुपर्ने बताउनुभयो । अध्ययनका लागि बिद्यार्थीहरुलाइ बिदेश पठाउने संस्थाहरुले जानु पूर्व र गैसकेपछि गर्नुपर्ने कृयाकलापका बिषयमा जानकारी गराउनु पर्ने सुझाव दिनुभयो ।

इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेयले इक्यानमा आबद्ध कन्सलटेन्सिहरु भरपर्दो हुने बताउनु भयो । उहाले बिद्यार्थीहरुले भर्पर्दो, सबै मापदन्ड पुरागरेका कन्सेल्टेन्सी बुझेर मात्र बैदेशिक अध्ययनको प्रकृया अगाडि बढाउन सुझाव दिनुभयो ।

एक्सेस एजुकेशन नेटवर्कका सञ्चालक कमल भुसालले नेपाली विद्यार्थीहरुलाई न्यूजिल्याण्ड, अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा अध्ययनका लागि पठाउन सहजिकरण गर्दै आइरहेको बताउनु भयो । नेटर्वकका अर्का सञ्चालक विवेक बरुणले निकट भविष्यमा भैरहवामा पनि शाखा सञ्चालनमा आउने तयारीमा रहेको बताउनुभयो । संस्थाका कर्मचारी बिनिता भुसालले एक्सेस प्रति सबै बिद्यार्थी सन्तुष्ट रहेको र अहिले सम्म कसैको गुनासो नआएको बताउनु भयो ।

संस्थाको स्थापना दिवसको अवसरमा केक काटिएको थियो भने संस्थाको तर्फबाट तिलोत्तमाको टिकुलीगढ मा बि मा अध्ययनरत छात्रा सरिता केवटलाई छात्रवृत्ति रकम १३ हजार ५० रूपिया प्रदान गरिएको छ ।

≪ Previous Post

रूपन्देही सुपरलिग : ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

Next Post ≫

लुम्बिनी महोत्सवको आकर्षण :‘डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क