Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेशागत मर्यादा भित्र रहेर ब्यवसाय संचालन गर : प्रजिअ घिमिरे
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेशागत मर्यादा भित्र रहेर ब्यवसाय संचालन गर : प्रजिअ घिमिरे

संसारपोस्ट संवाददाता · ९ मंसिर २०८१ · 0
पेशागत मर्यादा भित्र रहेर ब्यवसाय संचालन गर : प्रजिअ घिमिरे
100
SHARES
ShareTweet

बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले पेशागत मर्यादा भित्र रहेर ढुक्क संग आफ्नो पेशा ब्यवसाय संचालन गर्न रुपन्देहीका बयवसायीहरुलाई आग्रह गरेका छन् ।

निजि क्षेत्रको प्रभाबकारी उपस्थिति बिना राज्यको उपस्थिति प्रभाबकारी नहुने भएकाले ब्यवसायीहरुलाई भयरहित वातावरणमा पेशा ब्यवसाय संचालन गर्न आग्रह गर्दै जिल्ला सुरक्षा संयन्त्रले भरपर्दो शान्ति सुरक्षा प्रदान गर्ने विश्वास दिलाए ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले आइतबार आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी घिमिरे र ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालको सम्मानमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले आम जनता र ब्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने दायित्व राज्यको भएकाले जिल्लाको सुरक्षा संयन्त्र यस प्रति संवेदनशिल छ भन्दै सामाजिक उत्तरदायित्व मनन गरेर पेशा ब्यवसाय संचालन गर्न आग्रह गरे ।

पेट्रोलियम ब्यवसाय सम्बेदनसिल ब्यवसाय भएपनि राज्यले भरोसा गरेको र निजि क्षेत्रले राज्यको उत्तरदायित्व समेत निर्वाह गरेको हुनाले ब्यवसायीक मर्यादा कायम राखेर ब्यवसाय संचालन गरेको संस्थासंग सहकार्य गरेर अगाडी बढ्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रन्जित सिंह राठौरले आम जनता र पेशा ब्यसायमा संलग्न ब्यवसायीहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने दायित्व प्रहरी प्रशासनको भएको र यसका लागि जिल्ला सुरक्षा संयन्त्र सक्षम रहेकाले ढुक्क भएर ब्यवसाय संचालन गर्न आग्रह गरे । ख

कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरेले लुम्विनी प्रदेशका ६ जिल्ला र गण्डकी प्रदेशका २ जिल्ला सहित ८ जिल्लामा पेट्रोलियम पदार्थको सहज ब्यवस्थापन र विक्री वितरण गर्दै आईरहेको एशोसिएसनले यस क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुन नदिने बताए ।

नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एशोसिएसनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले डिजलको मूल्य बृद्धिले उद्योगको लागत र उपभोग्य सामानको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको भन्दै राज्यको विभिन्न निकायमा प्रतिनिधित्व गर्ने अधिकारीहरुले यस विषयमा राज्यको ध्यानाकर्षण गराई नीति निर्माणमा परिमार्जन गर्न सकेमा उद्योगी बयवसायीका साथै आम उपभोक्तलाई राहत मिल्ने बताए ।

कार्यक्रममा एशोसिएसनका महासचिव हरिराम कसौधन, ट्याँकर ब्यवसायी संघका अध्यक्ष राकेश कसौधन लगायतले बोल्दै पेट्रोलियम ब्यवसायीका समस्या प्रति राज्य गम्भिर नभएको गुनासो गरे ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना पक्राउ

Next Post ≫

रुपन्देहीलाई तस्करी रहित जिल्ला बनाउने अटोठ छ : प्रजिअ घिमिरे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क