Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना पक्राउ

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0
रुपन्देही प्रहरीद्वारा अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना पक्राउ
100
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना लाई भैरहवाबाट पक्राउ गरेको छ ।
यही मंसिर ४ गते सिद्धार्थनगर नगरपालिका वडा नं.३ सगुनिपथ स्थित अस्फाक आलमको घरमा अनलाइन गेम मार्फत अबैध रुपमा (जुवा सट्टाबाजी) सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बिभिन्न वेभ साइटको प्रयोग गरी अबैध रुपमा अनलाईन बेटिङ (जुवा सट्टावाजी) संचालन गरीरहेको अवस्थामा प्रहरीले सट्टेवाजीमा प्रयोग भएका उपकरणहरु (ल्यापटप, मोवाईल) सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थाना बस्ने बर्ष ३३ को साहिल सोडा, भारत उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुर बस्ने बर्ष १८ को श्याम गुप्ता, भारत उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्ट बस्ने बर्ष २० को रवि जैसवाल, भारत हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिस बस्ने बर्ष २४ को अनुराग सिंह, सोही ठाउं बस्ने बर्ष १९ को नितेश बर्मा, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थाना बस्ने बर्ष २१ को दिपक जैसवाल, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिस बस्ने बर्ष २२ को रजत कुमार, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्ट बस्ने बर्ष १८ को लक्की जैसवाल रहेका छन् ।
यस्तै प्रहरीले भारत उत्तर प्रदेश गोरखपुर जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थाना बस्ने बर्ष २१ को सतेन्द्र कुमार, सोही ठाउंका बर्ष २५ को अबधेश कुमार, बर्ष १८ को मोहित कुमार, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्ट बस्ने बर्ष २० को प्रियान्सु जैसवाल, बर्ष १९ को मनिष पासवान र भारत उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्ट बस्ने बर्ष २५ को शिवम सिंहलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट बिभिन्न कम्पनिको मोवाईल सेटहरु ४०थान, बिभिन्न कम्पनिको ल्यापटप ३ थान र राउटर २ थान बरामद गरेको छ । पक्राउ परेका १४ जनालाई रुपन्देही जिल्ला आदालतबाट ५ दिनको म्याद थप लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

Next Post ≫

पेशागत मर्यादा भित्र रहेर ब्यवसाय संचालन गर : प्रजिअ घिमिरे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क