Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0
पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता
90
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले बुटवलमा रहेका लुम्बिनी केवल कार लिमिटेड र आधुनिक समाज डेण्टल केयर प्रा.लि. संग टिकट तथा उपचार सेवामा छुट सुविधा सम्वन्धि सम्झौता गरेको छ ।
लुम्बिनी केवल कार र एशोसिएसन विच एशोसिएसनका पदाधिकारी, कार्यसमिति सदस्य र कर्मचारीहरुलाई संस्थाको परिचय पत्रका आधारमा साधारण टिकटमा केवल कारले २० प्रतिसत छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । यस्तै दुबै संस्थाले होर्डिङ्ग बोर्ड तथा विज्ञापन मार्फत एक अर्काको ब्यवसायिक प्रवद्र्धन गर्ने सम्झौतामा उल्लेख छ ।
२०८१ साल मंसिर ५ गते देखि २ बर्षका लागि गरिएको सम्झौता पत्रमा एशोसिएसनका तर्फबाट अध्यक्ष हिमाल गैरे र लुम्बिनी केवल कारको तर्फबाट अपरेशन म्यानेजर डिल्लीनारायण कायस्थले हस्ताक्षर गरेका छन् ।


यस्तै एशोसिएसन र बुटवल ६ मा रहेको आधुनिक समाज डेण्टल केयर प्रा.लि. विच मुख स्वास्थ्य अन्तर्गत दाँत, मुख र गिजा सम्वन्धि उपचारका लागि समाज डेण्टलले पेट्रोल तथा डिलर संस्थाका पदाधिकारी, सदस्य ब्यवसायी, कर्मचारी तथा ब्यवसायीका एकाघरका परिवारका सदस्यको आधारभूत उपचारमा ३० प्रतिसत छुट उपलब्ध गराउने सम्झौता गरिएको छ । यसका लागि उपचार गराउने ब्यक्ति संग संस्थामा रहेको परिचय खुल्ने कुनै पनि प्रमाण–पत्र वा परिचय पत्रलाई अनिवार्य गरिएको छ ।


यसैगरी दन्त उपचार अन्तर्गत कस्मेटिक उपचार गर्नुपरेमा समाज डेण्टलले १० प्रतिसत छुट सेवा उपलब्ध गराउने छ । एशोसिएसनले कुनै पनि कार्यक्रम आयोजना गर्दा दन्त परीक्षण गर्ने उद्देश्य राखेमा समाज डेण्टलले बर्षमा २ वटा कार्यक्रममा निशुल्क दन्त परीक्षण गर्ने सहमति भएको छ ।
हाल मुख क्यान्सर बढ्दै गएको अवस्थामा नागरिकहरुलाई सन्देश प्रवाहित गर्नुपर्ने दुबै संस्थाको सामाजिक उत्तरदायित्व रहेकाले ‘क्यान्सरबाट बचौं र बचाऔं’ भन्ने सन्देश सहितको स्टीकर समाज डेण्टलले निर्माण गरी हरेक पेट्रोल पम्पको उपयुक्त स्थानमा टांस्ने गरी भएको सम्झौता पत्रमा एशोसिएसनको तर्फबाट अध्यक्ष हिमाल गैरे र समाज डेण्टलका योजना प्रमुख माधव सापकोटाले हस्ताक्षर गरेका छन् ।

≪ Previous Post

तिलोत्तमा व्यापार महोत्सव आजदेखि, मुख्यमन्त्रीले उदघाटन गर्ने

Next Post ≫

रुपन्देही प्रहरीद्वारा अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क