Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा व्यापार महोत्सव आजदेखि, मुख्यमन्त्रीले उदघाटन गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा व्यापार महोत्सव आजदेखि, मुख्यमन्त्रीले उदघाटन गर्ने

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0
तिलोत्तमा व्यापार महोत्सव आजदेखि, मुख्यमन्त्रीले उदघाटन गर्ने
70
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा व्यापार संघको आयोजनामा आजदेखि तिलोत्तमा व्यापार महोत्सव संचालन हुंदैछ ।
महोत्सव मूल आयोजक समिति तिलोत्तमा व्यापार संघले दिएको जानकारी अनुसार आज (बिहीबार)देखि सुरु हुने महोत्सवका लागि स्टल दर्ता, भौतिक संरचना निर्माण लगायत सजावटको काम सम्पन्न भएको संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए ।
संघले व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने मूल नाराका साथ मंसिर ६ गते देखि १८ गतेसम्म तिलोत्तमा व्यापार महोत्सव– २०८१ एवं कृषि तथा पर्यटन महोत्सव गर्न लागेको हो । महोत्सव तयारीका लागि गठित विभिन्न समितिहरुले आ–आफ्नो काम अन्तिम चरणमा पु¥याएको मूल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष न्यौपानेले बताए ।
महोत्सवको तयारीका लागि संघले विभिन्न समिति, संघसंस्थालगायत सरोकारवालाहरुसँग अन्तक्र्रिया गरी राय सुझाव समेत लिएको छ । त्यसक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिले यो तिलोत्तमाबासीको साझा महोत्सव भएकाले सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् ।
महोत्सवका लागि स्टलहरुको विभिन्न पेभेलियन छुट्टयाइएको छ भने बालबालिकाहरुको मनोरन्जनका लागि बाल उद्यान निर्माण गरिएको छ । संघका संस्थापक अध्यक्ष जेपी कण्डेलले तिलोत्तमा क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा यो महोत्सवले टेवा पु¥याउने बताए ।
यस्तै महोत्सवमा १० करोड बरावरको कारोबार तथा ३ लाख दर्शक भित्र्याइ स्थानीय आर्थिक विकासमा तीव्रता ल्याउने अपेक्षा गरिएको कण्डेलले जानकारी दिए । तिलोत्तमा व्यापार संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसालले रुपन्देहीमै यसवर्षको पहिलो महोत्सव तिलोत्तमामा आयोजना गरिएकाले यो सफल हुने बताए ।
विभिन्न वस्तु तथा सेवाहरुको एकै स्थलमा प्रर्दशनी गरी ग्राहकसंग प्रत्यक्ष अन्तत्र्रिmया गर्ने, निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु्¥याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने समेत लक्ष्य महोत्सवले लिएको छ ।
महोत्सवमा जनचेतना ¥याली आयोजना, गोष्ठी, कार्यशाला र अन्तक्र्रियाको आयोजना, सूचना केन्द्रको संचालन, महोत्सव गतिविधि छायांकन, प्रसारण र वृत्तचित्र प्रदर्शन र सांस्कृतिक कार्यक्रम संचालन गरिने छ ।
महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको पनि अध्यक्ष न्यौपानेले जानकारी दिए । स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु महोत्सवमा राखिने र यहाँ रहने सामानहरुको गुणस्तरमा विशेष ध्यान दिइने पनि उनले बताए । त्यस्तै सांस्कृतिक कार्यक्रमतर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, डान्सिङ र सिंगिङ आइडल लगायतका कार्यक्रमहरु गरिने छन् ।
यस्तै देश–विदेशका व्यवसायीहरुसंग अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने, कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने , अत्याधुनिक प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने , बजार अनुसन्धान एवंम नयाँ वस्तु विकासका अवसर सृजना गर्ने ,व्यावसायिक चेतना अभिवृद्धि गर्ने, सूचना प्रविधि सम्बन्धी जानकारी गराउने, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजि गर्ने समेत उद्देश्य मेलाको रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।
महोत्सव उदघाटनअघि बिहीबार बिहान ११ बजे झाँकीसहितको बृहत ¥याली निकालिने छ । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम छ ।

≪ Previous Post

एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

Next Post ≫

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क