Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0
क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान
60
SHARES
ShareTweet

भैरहवा । क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निबासी विश्वकर्मालाई संघले ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । विश्वकर्मा सम्मलित नेपाली राष्ट्रिय महिला टिमले युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जित निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो । आगामी जनवरी महिनामा मलेशियामा हुने विश्वकपमा नेपालको यू–१९ टिम पनि खेल्ने छ ।
क्रिकेटर विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल लगायतले सम्मान गरेका हुन् ।
उनीहरुले उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्ड फहराउन सफल भएको भन्दै विश्वकर्मालाई बधाई दिए । विश्वकपमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए । सम्मानित भएपछि विश्वकर्माले आफूले आफ्नो टिमको जितका लागि सधैं प्रयास गर्दै आएको र विश्वकपमा पनि अझ राम्रो गर्ने जनाइन् । यस्ता सम्मानले आफूलाई हौसला मिलेको क्रिकेटर विश्वकर्माको भनाई छ ।

≪ Previous Post

विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई

Next Post ≫

एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क