Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0
विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई
100
SHARES
ShareTweet

भैरहवा । विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई विदाई गरिएको छ । बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टिमलाई विदाई गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकपमा सहभागी हुन बुधबार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।
टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लावर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्ने छ । खेलाडीलाई विदाई गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, संघका रुपन्देही सचिव संजय गुरुङ लगायतले उपाधि जितेर फर्किन शुभकामना दिए ।
खेल मुलुकको प्रतिनिधित्व मात्रै नभएर यसले राष्ट्रलाई चिनाउनसमेत महत्पूर्ण योगदान दिने जनाउँदै सफलताको शुभकामना दिए । उनीहरुले खेलमा जित वा सिकाई मध्ये एक हुने बताउँदै उत्साहसहित प्रदर्शन गर्नका लागि आग्रह गरे । नेत्रहीन क्रिकेटमा नेपालले गरिरहेको प्रगती सबैका लागि प्रेरणा भएको समेत उनीहरुले जनाए ।
पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकप चौथा संस्करणको हो । नेपाली नेत्रहीन राष्ट्रिय क्रिकेट टिमका कप्तान रमेशबहादुर बानियाँले सरकारी पक्षबाट राम्रो सहयोग नभए पनि केही समयको तयारीले विश्वकप खेल्न जान लागेको जनाए । पछिल्लो समय नेपाल क्रिकेट संघले केही सहयोग गरे पनि अन्य सहयोग नपाएको गुनासो उनको छ । छोटो समयको तयारी भए पनि आफूहरुले उपाधि जित्ने विश्वास लिएर टिम एक ढिक्का भएर देशका लागि खेल्ने कप्तान बानियाँले बताए ।

≪ Previous Post

मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ

Next Post ≫

क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क