काठमाडौं । सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको आरोपमा मेडिकल ब्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा प्रहरीले प्रसाईलाई पक्राउ गरेको हो । पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।
मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताउनुभयो ।
प्रसाई माथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए । प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको पुष्टि भएको भन्दै एक भिडियो सामाजिक संजालमा पोस्ट गरिएको थियो ।