Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेला बुटवल–२०८१ : मेलास्थलमा सचिवालय स्थापना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेला बुटवल–२०८१ : मेलास्थलमा सचिवालय स्थापना

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०८१ · 0
औद्योगिक व्यापार मेला बुटवल–२०८१ : मेलास्थलमा सचिवालय स्थापना
80
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलाको लागि अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिएको छ । मेला सम्बन्धि सबै गतिविधि मेला स्थलबाटै गर्नेगरी सचिवालय स्थापना गरिएको कार्यसम्पादन समितिका सचिव, मेलाका प्रवक्ता तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
‘लगानी लुम्बिनीमाः समृद्धि देशमा’ भन्ने नारा सहित संघले आगामी पुस ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेलाको तयारी गरेको छ । यो मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजकहरु लागिपरेको कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।
मेला सम्पन्न गर्नको लागि संघले यस अंगाडि नै कार्यसम्पादन समिति तथा विषयगत समितिहरु गठन गरि तयारीका काम अगाडि बढाएको संघले जनाएको छ । ‘मेलालाई चुस्त र दुरुस्त बनाउने प्रयास गरेका छौं ।’ कार्यसमितिका संयोजक अर्यालले भन्नुभयो–‘यो मेला विगतमा हामिले गरेका र हाम्रा सहयोगी संस्थाहरुले गरेका मेला भन्दा धेरै फरक हुनेछ ।’
उहाँका अनुसार कानुनले वर्जित गरेका कुराहरुलाई मेलामा समावेश गराईने छैन । त्यसैगरी मेलाको अर्को महत्वपूर्ण पाटो सांस्कृति कार्यक्रमलाई पनि थप व्यवस्थित गरिने छ । बुटवल उद्योग वाणिज्य संघले सुरु गरेको दोहोरी गित प्रतियोगिता, भ्वाईस अफ बुटवललाई निरन्तरता दिईने र अरु राम्रा कार्यक्रम ल्याईने कार्यसम्पादन समितिका सहसंयोजक तथा सांस्कृतिक कार्यक्रमका समन्वयकर्ता टंकप्रसाद गैरेले बताउनु भयो ।
त्यसैगरी मेलाको उद्देश्य अनुसार बस्तुको प्रदर्शनीलाई समेत ध्यानमा राखेर गुणस्तरीय बस्तुको प्रदर्शनी तथा विक्रिवितरण गर्नेगरी स्टल बुकिङ खुला गरिएको कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ समितिका समन्वयकर्ता सुरज भट्टराईले जानकारी गराउनु भयो । उहाँका अनुसार मेलामा ईनडोर ४४३ स्टल रहने छन् भने होटल रेष्टुरेन्ट, अटोमोवाईल्सका करिव ३० स्टल आउटडोरमा रहने छन् । हालसम्म २ सय बढी स्टल सम्पर्कमा आईसकेको पनि उहाँले जानकारी गराउनु भयो ।
मेलालाई सफल बनाउनको लागि सबैसंग रायसुझाव तथा परामर्श लिईने छ । संघले राजनीतिक दल तथा संघसंस्थासंग समन्वयको लागि कार्यसम्पादन समितिका उपसंयोजक विमलराज भट्टराईलाई जिम्मेवारी प्रदान गरिएको छ । सोही अनुसार मेलामा सबै पक्षलाई समेट्ने गरी राजनीतिक दल तथा संघसंस्थासंग समन्वय गरिने कार्यसम्पादन समितिका उपसंयोजक विमलराज भट्टराईले बताउनु भयो ।
मेला सम्पन्न गर्नको लागि सबैभन्दा महत्वपूर्ण पाटो अर्थको रहन्छ । त्यसको लागि मुख्य प्रायोजक, प्रायोजक, सहप्रयोजक र विज्ञापनदाताहरुसंग संवाद र छलफल भईरहेको आर्थिक समिति संयोजक तथा आर्थिक क्षेत्र समन्वयकर्ता बसन्तप्रसाद ढकालले बताउनु भयो ।
उत्पादक र उपभोक्तालाई जोड्ने पुलको रुपमा यो मेलालाई लिईएको छ । मेलालाई सफल बनाउने अर्को महत्वपूर्ण पाटो प्रचारप्रसारको हो । प्रचार प्रसारलाई व्यापक बनाउने गरी काम भईरहेको प्रचारप्रार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताउनु भयो । मेलामा जतिसक्यो धेरै उपभोक्तालाई भित्र्याउन सकियो भने मेलाले सार्थकता पाउन सक्छ । सोही अनुसार मेलाको बारेमा धेरैभन्दा धेरै व्यक्तिलाई सन्देश पुर्याउनको लागि प्रचारप्रसारको काम सुरु भईसकेको प्रचारप्रसार समितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराउनु भयो ।
मेलामा कृषि, महिला उद्यमी तथा हस्तकलालाई विशेष प्राथमिकता दिईने छ । स्वागत सत्कार तथा महिला उद्यमी सहभागिता संयोजन समितिकी समन्वयकर्ता धनकुमारी खनालका अनुसार मेलामा सहभागि हुने महिला उद्यमीका उत्पादन, कृषिजन्य उत्पादन तथा हस्तकलाका सामाग्रिका स्टललाई विशेष छुट प्रदान गरिने छ ।

≪ Previous Post

ब्यापार संघको रजतमहोत्सवमा व्याडमिण्टन प्रतियोगिता : नेपाल र ढुङ्गानाको जोडी प्रथम

Next Post ≫

चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क