बुटवल । विश्वकै उत्कृष्ट चारपाँग्रे सवारी उत्पादक गर्दै आएको चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले ईभिको नयाँ अप्सनका रुपमा दिपलका दुई मोडल चारपाँग्रे गाडी आईतबार औपचारिक रुपमा लन्च गरिएको हो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दिपल एल जिरो सेभेन र दिपल एसजिरो सेभेन दुई सवारी लन्च गर्दै बजारमा ईभि सवारीको क्रेज बढ्दो रहेको बताउनुभयो । ईभि गाडीको विश्वसनियतालाई कायम राख्नेगरी बिक्रेताहरुले सेवा दिनुपर्ने उहांले सुझाव दिनुभयो । स्थानीयपालिका ईभिको सेवाप्रति सजग रहेको भन्दै चार्जिङ स्टेसनमा जोड दिएको उहांले बताउनुभयो । आम उपभोक्ताको माग र चाहना अनुसार सेवामा ध्यान दिनुपर्ने भन्दै स्थानीय सरकारले सहयोग र सहकार्य गर्ने प्रतिवद्घता जनाउनुभयो ।
कार्यक्रममा जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले संसारमा नै सबैभन्दा धेरेै फिचर भएको सवारीका रुपमा चांगान कम्पनीले आफ्नो पहिचान बनाएको दाबी गर्दै यो कमपनी १६२ वर्ष लामो ईतिहास बोकेको कम्पनी भएको बताउनुभयो । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायतका १५ भन्दा बढि फिचरहरु रहेको उहांले दावी गर्नुभयो । अहिलेसम्मकै बढी ५४० किलोमिटर माईलेज यसमा रहेको छ । कार्तिक २७ गते बुटवलमा लुम्बिनी प्रदेशकै ठुलो एक्सचेन्ज एण्ड टेष्ट ड्राईभ क्याम्पको आयोजना क्लब डेनेभोमा राखिएको उहांले बताउनुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले हरित क्रान्तिको कुरा गरिरहदा समयसापेक्ष यो सवारी भएको बताउनुभयो । विद्युतीय उर्जा अबको समयको माग अनुसार बिस्तारै बढेको भन्दै उहांले नयाँ पुस्तामा ईभि सवारी आकर्षक भएको बताउनुभयो । राष्ट्रिय अर्थतन्त्रलाई समेत उकास्न यो नयाँ प्रविधि उपयोगी हुनेमा आशा ब्यक्त गर्नुभयो । कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले अटो क्षेत्रमा नयाँ ब्यवसायी भित्रदा आशा र उर्जा जागेको बताउनुभयो ।
कार्यक्रममा दिपलको अनुभव शेयर गर्दै उद्योगी विकास पाण्डेले ६ महिनाको अवधिमा नेपालका बाटाहरुमा यो उपयुक्त लागेको बताउनुभयो । यसअघि चलाएका सवारीभन्दा फरक अनुभुति पाएको उहांले बताउनुभयो । ईन्धन सवारी छोडेर ईभिमा आउदा धेरै बलियो सोच बनाउनुपर्ने भन्दै यसको आकर्षक मोडल कै कारण यो कार रोजेको बताउनुभयो ।
कार्यक्रममा एम.ए.डब्लु ग्रुपका डिलर हेड सुरेन्द्र केसीले नेपालमा ईभि कारको माग बढ्दो रहेको बताउनुभयो । नेपालमा हाल कुल सवारीमध्ये ८० प्रतिशतभन्दा बढि ईभि गाडी भित्रिएको उहांले दाबी गर्नुभयो । ‘भित्रिएका सवारी एउटै प्रकारको र गुणस्तरीय भने छैनन् ।’—उहांले भन्नुभयो ।
नेपालमा सवारी भित्राउदा विक्रिपछिको सेवामा जोड दिन जरुरी रहेको भन्दै उपभोक्ताबाट खरिद गर्दा समेत यसमा विशेष ध्यान दिन उनले सुझाव दिए । एम.एड.ब्लु ग्रुप नेपालकै दोस्रो बढी सवारी भित्राउने र गुणस्तरीयताका रुपमा पहिचान बनाएको उनले दाबी गरे ।
६ महिना अघि काठमाडौमा लन्च भएको यो गाडी ६ सय बढि बिक्री भएको छ । विश्वका ६ देशका १० शहरमा यो कम्पनीको उत्पादन लिईरहेको छ ।