Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ब्यापार संघको रजतमहोत्सवमा व्याडमिण्टन प्रतियोगिता : नेपाल र ढुङ्गानाको जोडी प्रथम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ब्यापार संघको रजतमहोत्सवमा व्याडमिण्टन प्रतियोगिता : नेपाल र ढुङ्गानाको जोडी प्रथम

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०८१ · 0
ब्यापार संघको रजतमहोत्सवमा व्याडमिण्टन प्रतियोगिता : नेपाल र ढुङ्गानाको जोडी प्रथम
110
SHARES
ShareTweet

बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आइतवार बुटवलमा संघमा गठित बस्तुगत उपसमिति बिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गल्ला वस्तुगत उपसमितिका विश्वास नेपाल र मनोज ढुङ्गानाको जोडी प्रथम भएको छ ।
प्रतियोगितामा युवाउद्यमी उपसमितिको जोडी टिकाराम न्यौपाने र विरेन्द्र केसीलाई फाइनलमा पराजित गर्दै नेपाल र ढुङ्गानाको जोडी पहिलो भएको हो । यसैगरी जुत्ताचप्पल र व्याग उपसमितिको जोडी सनम थापा र कृष्णबहादुर राना तथा किरण राना र सुरज खनाल तेस्रो भएका छन् ।
संघले आफ्नो रजतमहोत्वसका अवसरमा सञ्चालन गरेको साताव्यापी कार्यक्रम अन्तरत आयोजित ब्याडमिण्टन प्रतियोगितामा विभिन्न उपसमितिका २० जोडी सहभागी रहेका थिए । हार्डवेयर र जुत्ताचप्पल वस्तुगत उपसमितिको सहकार्यमा भएको प्रतियोगिता बुटवल व्याडमिण्टन क्लबको कवर्डहलमा आयोजना गरिएको थियो भने मुख्य रेफ्रीको भूमिका अर्जुन कार्कीले निभाउनु भएको थियो ।
प्रतियोगिताको उद्घाटन संघका पूर्व अध्यक्ष्य यमलाल लोहनीले गर्नु भएको हो । उदघाटन सत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले गर्नु भएको थियो भने सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम हार्डवयर वस्तुगत समितिका संयोजक पारशमणि पोखरेलले गर्नु भएको थियो ।
संघले रजतमहोत्सवका अवसरमा कार्तिक २२ गतेबाट साताव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साताव्यापी कार्यक्रम अनुसार कार्तिक २६ गते रक्तदान कार्यक्रमको आयोजना गरिदैछ । संघको भवनमा आयोजना हुने रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्रको सहयोगमा गरिने कार्यक्रम संयोजक प्रकाश ढकालले बताउनु भयो । कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण तथा प्रभातफेरी कार्यक्रम गरिने जनाइएको छ । सोहीदिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ ।
रजतमहोत्सव अन्तरगतको मुलकार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताउनु भयो ।

≪ Previous Post

सत्य घटना देखेर बनेको अग्निदहन को मोफसल यात्रा

Next Post ≫

औद्योगिक व्यापार मेला बुटवल–२०८१ : मेलास्थलमा सचिवालय स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क