Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0
बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो
120
SHARES
ShareTweet

बुटवल । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा चालक सहित बुटवलका १४ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर जिप चालक रमेश लुइँटेलको समेत ज्यान गएको छ ।
पृथ्वी राजमार्गको नागढुंगा–नौबिसे सडक खण्डमा माथिबाट झरेको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । ती मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने बताइएको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान काठमाडौँ जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट १० जना र राजमार्ग चौराहाबाट टिकट लिएर ३ जना चढेका थिए । यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । ती मध्ये, बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोबाइल नम्बर मात्रै उल्लेख छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका टिकट शाखा कर्मचारी लक्ष्मण पोखरेलका अनुसार बुटवल कालिकानिरका ३ जना, देवीनगरका ३ जना र सुख्खा नगरका ३ जना यात्रुले टिकट काटेका थिए । मृतकहरुको अझै सनाखत हुन सकेको छैन ।
नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्लेखोलामा झरेको पहिरोमा उक्त विङ्गर गाडी पुरिएको थियो । प्रहरी प्रभाग नागढुंगाका अनुसार मृतक सबै बुटवलका हुन मृतक मध्ये बुटवल सेमलारकी सिर्जना कुंवर र उनका आफन्त २ जना रहेका छन् । पहिरोमा उक्त जिपसङै एउटा कार समेत पुरिएको र उद्धार चलिरहेको प्रहरीले बताएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा ३५ जना टोली उद्धार र खोजीमा खटिएको छ ।

≪ Previous Post

डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

Next Post ≫

हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको घाघरा खोलामा फेला पर्यो, चालक र सहचालक बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क