Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0
डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने
110
SHARES
ShareTweet

तिलोत्तमा । बचत तथा ऋणको कारोवार संगै दुध तथा दुग्धजन्य पदार्थ खरिद विक्री र उत्पादन गर्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनमा रहेको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देही, पाल्पा, काठमाडौं र पोखरामा दुध तथा दुग्धजन्य पदार्थको विक्री वितरणका लागि बजार बिस्तार गर्ने प्रस्ताव पारित गरेको छ ।
शनिबार सम्पन्न सहकारीको चौथो साधारण सभाले करिव ५० लाखको लगानीमा तोरी मिल र उद्योग तर्फ दुध तथा दुग्धजन्य पदार्थको उत्पादन र प्रशोधनका लागि ६० लाख लगानीमा मेसिनरी सामाग्री खरिद गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभामा वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारीले सहकारी संस्थाले संचालन गर्न प्रस्ताव गरेको उद्योग स्थापनाका लागि सहकारी संस्थासंगै सटेको जमिन १ करोड ३५ लाखमा खरिद गरिएको र सोही जग्गामा उद्योग स्थापना तथा स्थानान्तरणका लागि भवन निर्माण गरिने जानकारी गराउनुभयो ।
अध्यक्ष तिवारीले संस्थाले बचत संकलन, ऋण परिचालन र दुध तथा दुग्धजन्य पदार्थको कारोवार संगै सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष ७० बर्ष माथिका जेष्ठ नागरिक र एकल महिलालाई प्रति ब्यक्ति रु एक हजार नगद सहित सम्मान, महिला शेयर सदस्य सुत्केरी हुंदा प्रति ब्यक्ति पोषण खर्च रु १५ सय, शेयर सदस्यको मृत्यु भएमा रु ३० हजार शोक अनुदान र दिर्घ रोग लागेमा रु १० हजार सम्म स्वास्थ्य उपचार खर्च प्रदान गर्ने कार्यलाई निरन्तरता दिईएको बताउनु भयो ।
तिलोत्तमा र बुटवलका बिभिन्न १० ठाउंमा विक्री केन्द्र स्थापना गरी दुध तथा दुग्धजन्य पदार्थको विक्री वितरण गर्दै आएको सहकारी संस्थाले सहकारीका शेयर सदस्यहरुको क्षमता र नेतृत्व विकासका लागि तालिम, रक्तदान, अध्ययन अवलोकन भ्रमणलगायतका कार्यक्रम समेत संचालन गर्दै आएको छ ।
सहकारी संस्थाका जग्गा दाता तथा संस्थाका ज्येष्ठ शेयर सदस्य भिम बहादुर मल्लको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संस्थाका ज्येष्ठ सदस्य र एकल महिला गरी ७६ जनालाई जनही रु. १ हजार नगद सहित सम्मान गरिएको थियो भने सहकारीमा कार्यरत कर्मचारीहरुलाई रु. ३ लाख ५० हजार बोनस वितरण र संस्थालाई सहयोग गर्ने कृष्ण डुम्रे र देबी पाण्डेलाई कदर पत्रले सम्मान गरिएको थियो ।
साधारण सभामा संस्थाका संरक्षक भरत भुसाल, सल्लाहाकार बेल प्रसाद शर्मा, पत्रकार खिमानन्द भट्टराई, सहकारीका उपाध्यक्ष बलराम न्यौपाने, सचिव रामबहादुर थापा क्षेत्री, लेखा संयोजक रमेश बहादुर शाही, शेयर सदस्य धर्मराज भण्डारी, उमाकान्त चापागाई, विष्णु पौडेललगायतले बोल्दै सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गरेकोमा प्रशंशा गर्दे आगामी दिनमा थप विस्तार गर्न सुझाव दिनुभयो ।
साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्रमान बज्राचार्यले आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रस्तुत गर्नुभएको ११ करोड २५ लाख ९३ हजार ५४७ रुपैयांको अनुमानित आय ब्यय सहितको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको सहकारी संस्थाका ब्यवस्थापक बसन्त पराजुलीले जानकारी दिनुभयो ।
१८८० जना शेयर सदस्य रहेको सहकारी संस्थामा १ हजार २ जना महिला र ८७८ जना पुरुष सदस्य रहेका छन् । ८१९ जना शेयर सदस्यलाई ३८ करोड ७९ लाख ५९ हजार ३७८ रुपैयां कर्जा लगानी गरेको सहकारीको शेयर पुंजी ६ करोड ५१ लाख ३६ हजार रहेको छ ।

≪ Previous Post

सदुपयोग सहकारीको वार्षिक साधारण सभा : उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव

Next Post ≫

बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क