Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सदुपयोग सहकारीको वार्षिक साधारण सभा : उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सदुपयोग सहकारीको वार्षिक साधारण सभा : उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0
सदुपयोग सहकारीको वार्षिक साधारण सभा : उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव
110
SHARES
ShareTweet

बुटवल । तिलोत्तमामा सञ्चालित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभा गरेको छ । सहकारीले बुटवल ११ योगिकुटी स्थित मणिमुकुन्द कलेजमा शनिबार १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीलाई सही ढंगले सञ्चालन गर्नका लागि सबैले सहकारीका सिद्वान्त पालना गर्नुपर्नेमा जोड दिए । उनीहरुले सहकारी संस्थाहरुले सही ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई बचत रकमको विषयमा ढुक्क बनाउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकालले राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण राम्रो नभएको बताउनुभयो । गलत काम गर्ने केही सिमित सहकारीका कारण राम्रो काम गरिरहेका सहकारीलाई गलत नजरले हेर्न नहुने भन्दै अध्यक्ष ढकालले सहकारीलाई सही ढंगले चलाउन र आफ्नो बचत रकम कस्तो ठाउंमा लगानी भएको छ भन्ने बारेमा शेयर सदस्यहरु आफै जिम्मेवार र सचेत हुन जरुरी रहेको बताउनु भयो । उहांले बाहिरका सहकारीहरुलाई रुपन्देहीमा कार्यालय खोलेर चलाउन दिन नहुने र स्थानीय तहहरुले त्यसका रोक लगाउने हो भने कसैको पनि पैसा जोखिममा नपर्ने वताउनु भयो ।
सदुपयोग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल अर्यालले आफुले नेतृत्व गरेको सहकारीको लगानी सही ठाउंमा लगानी भएको र सहकारीमा कुनै समस्या नभएको बताउनुभयो । उहांले सबै शेयर सदस्यहरुलाई आफ्नो सहकारीबारे चिन्ता र चासो बढाउन आग्रह गर्नुभयो ।
मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले आफु पनि सहकारीबाट ठगिएको बताउंदै रुपन्देहीमा बाहिरबाट आएका सहकारीले स्थानीयको बचत रकम अपचलन गरेपनि सदुपयोग सहकारी लगायत जिल्लामा संचालित अन्य सहकारी संस्थाहरुमा त्यस्तो समस्या नभएको बताउनुभयो ।
सहकारीको वार्षिक साधारण सभाको अवसरमा असल ऋणी चन्द्रा अर्याल, धेरै शेयर सदस्य बनाउने सरस्वती बस्नेत र एसईई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरी तथा शेयर सदस्यलाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियो । साधारण सभाले सहकारीका अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष ढकबहादुर टण्डनको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मिना रेश्मीले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ ।
सहकारीका अध्यक्ष कमल अर्यालको अध्यक्षतामा भएको साधारण सभामा सचिव प्रकाश चापागाईले सञ्चालन र उपाध्यक्ष नारायणी शर्मा अधिकारीले स्वागत गर्नुभएको थियो ।

≪ Previous Post

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ३५ जना घाइते, ७९ जना बेपत्ता

Next Post ≫

डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क