बुटवल । कुलोमा खसेर बुटवलमा एक बालिकाको ज्यान गएको छ । बुटवल–११ तिनकुने बस्ने ४ वर्षीया विविशा खरेलको कुलोमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती बालिकाको बुटवल स्थित सोह्र छत्तिस कुलोमा खसेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार विविशा बिहीबार बिहान पौने १२ बजेतिर खेल्ने क्रममा कुलोमा खसेकी थिइन् । बालिकाको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो ।
उनको उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरी प्रमुख पडिण्तले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।