Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा कावासोतीबाट एकजना पक्राउ
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा कावासोतीबाट एकजना पक्राउ

संसारपोस्ट संवाददाता · ३ आश्विन २०८१ · 0
कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा कावासोतीबाट एकजना पक्राउ
90
SHARES
ShareTweet

नवलपरासी । निधारमा कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा पुर्बी नवलपरासीको कावासोतीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेका राजावादी पक्षधरहरुको समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कावासोती २ निवासी इन्द्र सिग्देल रहेका छन् ।

टाउकोमा कालापट्टी बाँधेर संविधान बिरोधि कार्यक्रमको तयारीमा रहेका सिग्देललाई कार्यक्रम शुरु हुनुअघि नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै संविधानको विरोध गर्दै काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । उनीहरूलाई संसद् भवनको ३ नम्बर गेट नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाएको छ । यस्तै विभिन्न समूहले संविधानको विरुद्धमा ठाउं ठाउंमा प्रदर्शन पनि गरिरहेका छन् ।

≪ Previous Post

मंसिर १६ गते स्थानीय तहका ४० पदमा उपनिर्वाचन : पद, स्थानीय तह, संख्या र जिल्ला (सूचि सहित)

Next Post ≫

सोह्र छत्तिस कुलोमा खसेर बुटवलमा ४ वर्षीया बालिकाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क