Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मंसिर १६ गते स्थानीय तहका ४० पदमा उपनिर्वाचन : पद, स्थानीय तह, संख्या र जिल्ला (सूचि सहित)
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मंसिर १६ गते स्थानीय तहका ४० पदमा उपनिर्वाचन : पद, स्थानीय तह, संख्या र जिल्ला (सूचि सहित)

संसारपोस्ट संवाददाता · ३ आश्विन २०८१ · 0
मंसिर १६ गते स्थानीय तहका ४० पदमा उपनिर्वाचन : पद, स्थानीय तह, संख्या र जिल्ला (सूचि सहित)
170
SHARES
ShareTweet

काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनबाट नयाँ जनप्रतिनिधि छनोट गर्न मंसिर १६ गते लाइ उपनिर्वाचनको दिन निश्चित गरेको छ ।

निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेका छन् ।

आयोगका अनुसार उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा ४० पद रहेका छन् । स्थानीय तहमा एक वर्षको पदावधि छँदै कुनै पद रिक्त रहेमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ ।

त्यसै अनुसार निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि साउन २९ गते मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको थियो । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै पनि पद खाली भएमा मंसिर १६ गते नै उपनिर्वाचन गराउनेछ । आयोगले जनाएअनुसार अबको एक महिनामा अन्तिम मतदाता नामावली स्वीकृत गरेर प्रकाशन गरिनेछ ।

उपनिर्वाचन हुन लागेका अधिकांश पदमा यसअघि नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका थिए भने त्यसपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । नेपाली काँग्रेसका २ वटा जिल्ला समन्वय समिति प्रमुख, ३ पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५ पदमा जनप्रतिनिधि निर्वाचित भएका थिए भने नेकपा माओवादीका २ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी जम्मा ७ पदमा तथा नेकपा एमालेका ६ वडाध्यक्ष निर्वाचित थिए ।

जनता समाजवादीले जितेको १ वडाध्यक्ष र स्वतन्त्र (कैँची)ले जितेको १ वडाध्यक्ष पद पनि रिक्त रहेकाले उपनिर्वाचन हुँदै छ ।

उपनिर्वाचन हुने पद, स्थानीय तह, संख्या र जिल्ला :

पद स्थानिय तह संख्या जिल्ला
जिसस प्रमुख २ ओखलढुंगा /कैलाली
अध्यक्ष ग्रामथान गाउँपालिका १ माेरङ
अध्यक्ष महाबु गाउँपालिका १ दैलेख
 मेयर किर्तिपुर नगरपालिका १ काठमाडाैं
उपाध्यक्ष गौरीशंकर गाउँपालिका १ दाेलखा
उपाध्यक्ष सर्केगाड गाउँपालिका १ हुम्ला
उपाध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका १ बाजुरा
उपप्रमुख नलगाड नगरपालिकाकी १ जाजरकोट
उपाध्यक्ष पुथाउत्तरगंगा गाउँपालिका १ रुकुमपूर्व
वडा अध्यक्ष लागिगुराँस नगरपालिका.–८ १ तेह्रथुम
वडा अध्यक्ष मोलुङ गाउँपालिका–५ १ ओखलढुंगा
वडा अध्यक्ष त्रियुगा नगरपालिका–१२ १ उदयपुर
वडा अध्यक्ष बेलका नगरपालिका–९ १ उदयपुर
वडा अध्यक्ष डाक्नेश्वरी नगरपालिका–४ १ सप्तरी
वडा अध्यक्ष धनुषाधाम नगरपालिका–१ १ धनुषा
वडा अध्यक्ष ईश्वनाथ नगरपालिका–७ १ राैतहट
वडा अध्यक्ष राजपुर नगरपालिका–६ १ राैतहट
वडा अध्यक्ष कीर्तिपुर नगरपालिका–१ १ काठमाणडाैं
वडा अध्यक्ष काठमाडौं महानगर–१६ १ काठमाणडाैं
वडा अध्यक्ष ककनी गाउँपालिका–२ १ नुवाकाेट
वडा अध्यक्ष मुसीकोट नगरपालिका–१ १ गुल्मी
वडा अध्यक्ष रुन्टीगढी गाउँपालिका–४ १ राेल्पा
वडा अध्यक्ष ठाकुरबाबा नगरपालिका–४ १ बर्दिया
वडा अध्यक्ष सानीभेरी गाउँपालिका–५, १ रूकुम
वडा अध्यक्ष पूर्व चौकी गाउँपालिका–६ १ डाेटी
वडा अध्यक्ष भीमदत्त नगरपालिका–६ १ कञ्चनपुर
वडा अध्यक्ष कन्काई नगरपालिका–६ १ झापा
वडा अध्यक्ष गढी गाउँपालिका–६ १ सुनसरी
वडा अध्यक्ष गोरखा नगरपालिका–५ १ गोरखा
वडा अध्यक्ष दुल्लु नगरपालिका–१३ १ दैलेख
वडा अध्यक्ष त्रिपुरासुन्दरी नगरपालिका–५ १ डाेल्पा
वडा अध्यक्ष सुर्मा गाउँपालिका–४ १ बझाङ
वडा अध्यक्ष रामगोपालपुर नगरपालिका–२ १ महोत्तरी
वडा अध्यक्ष हेटौंडा उपमहानगरपालीका–१२ १ मकवानपुर
वडा अध्यक्ष तिलागुफा नगरपालिका–४ १ कालीकाेट
वडा अध्यक्ष कुसे गाउँपालिका–७ १ जाजरकाेट
वडा अध्यक्ष दुहुँ गाउँपालिका–५ १ दार्चुला
वडा अध्यक्ष गढीमाई नगरपालिका–६ १ राैतहट
वडा अध्यक्ष कीर्तिपुर नगरपालिका–४ १ काठमाडाैं
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
≪ Previous Post

अबैध लागु औषध सहित ३ जना भैरहवाबाट पक्राउ

Next Post ≫

कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा कावासोतीबाट एकजना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क