Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकभित्रै गर्न बुटवल नगर प्रमुखको कर्मचारीलाई निर्देशन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकभित्रै गर्न बुटवल नगर प्रमुखको कर्मचारीलाई निर्देशन

संसारपोस्ट संवाददाता · २ श्रावण २०८१ · 0
निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकभित्रै गर्न बुटवल नगर प्रमुखको कर्मचारीलाई निर्देशन
120
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकमै शुरु गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज (बुधबार) महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको संयुक्त बैठकमा नगरप्रमुख पाण्डेयले भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा गर्ने गरी काम अगाडी बढाउन निर्देशन दिनुभयो । अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिदै प्रमुख पाण्डेले गत आर्थिक वर्षमा केही सुधार भएको र चालु आर्थिक वर्षमा यसलाई पूर्ण रुपमा सुधार गर्नुपर्ने बताउनु भयो ।

सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र आलटाल गर्ने जस्ता गुनासा आउने गरेको भन्दै सेवाग्राहीको काम सकेसम्म छिटो र सरल प्रक्रियाबाट गर्न प्रमुख पाण्डेले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहांले सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न र त्यसअनुसार सूचना र प्रविधिको व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

कुनै पनि शाखा महाशाखा र वडाबाट सेवाग्राहीले काम भएन र आलटाल गरियो भन्ने गुनासो गर्नुभएन–उहांले भन्नुभयोे–‘त्यसअनुसार सबै कर्मचारीले काम गर्नुस्, हामीले सेवा दिनका लागि कुनै कमजोरी गर्नुहुन्न ।’ सेवाप्रवाहका क्रममा संघ, प्रदेश र स्थानीय सरकारका कानुनहरुलाई समेत ध्यानमा राख्न र त्यसअनुसार काम गर्न प्रमुख पाण्डेले आग्रह गर्नुभयो ।

जुनसुकै काम गर्दा संघका कानुन, प्रदेशका कानुन र हामीले नगरसभाबाट पास गरेका र कार्यपालिका बैठकबाट पास गरेका कानुन र कार्यविधिहरु राम्रोसँग हेरेर बुझेर मात्र काम गर्न आग्रह गर्दै प्रमुख पाण्डेले काम गरेकै आधारमा कसैले पनि जोखिम बेहोर्ने अवस्था आउन नदिन आग्रह गर्नुभयो । उहांले कार्यसम्पादनका आधारमा कर्मचारीलाई पुरस्कृत र दण्डित गरिने भन्दै सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

कामका विषयमा कर्मचारीहरुलाई सचेत बनाउंदै नगर प्रमुख पाण्डेले काम नगरिदिने र प्रमुख, उपप्रमुख र जनप्रतिनिधिलाई दोषी देखाउने वा तर्किने काम नगर्न आग्रह गर्दै काम गर्ने विधि, तरिका र कानुनबारे थाहा नभए आफुभन्दा माथिल्लो अधिकारीलाई सोध्नुस् र तालिम लिन सुझाव दिनुभयो ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सेवाप्रवाहलाई स्तरीय बनाउदै बुटवलको गौरव बढ्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहांले विकासका काममा विशेष चासो दिएर स्तरीय काम गर्न र गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गुनासो नआउने गरी सेवाप्रवाह गर्न र विकासका कामलाई छिटो र स्तरीय ढंगबाट सम्पन्न गर्नका लागि खटिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

≪ Previous Post

डिङ्गनगर दुरगामी सहकारी संस्थाको स्थापना दिवसमा रक्तदान

Next Post ≫

३ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क