Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डिङ्गनगर दुरगामी सहकारी संस्थाको स्थापना दिवसमा रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डिङ्गनगर दुरगामी सहकारी संस्थाको स्थापना दिवसमा रक्तदान

संसारपोस्ट संवाददाता · ३० असार २०८१ · 0
डिङ्गनगर दुरगामी सहकारी संस्थाको स्थापना दिवसमा रक्तदान
70
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा रहेको डिङ्गनगर दुरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको ३१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

स्थानीय किसानहरुबाट दूध संकलन गरी संस्थाका शेयर सदस्य र स्थानीय उपभोक्राहरुलाई दूध, दही, घ्यु, खुवा, पनिर लगायतका दूग्धजन्य पदार्थ विक्री वितरण गर्दै आईरहेको सहकारी संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत भानु जयन्तीको अवसर पारेर मानविय र सामाजिक सेवा भावले स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको हो ।

सहकारी संस्था र नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समिति बुटवलको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

रक्तदान कार्यक्रममा सहकारीका पदाधिकारी, संचालक सदस्य, शेयर सदस्य, कर्मचारी र स्थानीय गरी ३६ जनाले रक्तदान गरेका सहकारी संस्थाका ब्यवस्थापक बसन्त पराजुलीले जानकारी गराउनु भयो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सदस्य तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले रक्तदानको क्षेत्रमा नेपाल नियमित रक्तदाता संघ र स्वयमसेवी रक्तदाता संघले पुर्याएको विशिष्ट योगदानका कारण बुटवल र आसपासका क्षेत्रका नागरिकले रगतको अभाव ब्यहोर्नु नपरेको वताउनु भयो । बुटवलमा रहेको  रक्त सञ्चार केन्द्रलाई समय सापेक्ष रुपमा ब्यवस्थित गर्नुपर्ने भएकाले यसका लागि पनि सवैको साथ, सहयोग र सहकार्यको जरुरी रहेको उहांले बताउनुभयो ।

नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले यस क्षेत्रमा रगतको अभाव हुन नदिन रक्तदाता संघले विभिन्न संघसंस्थाहरु संग सहकार्य गरेर नियमित रक्तदान कार्यक्रम गर्दै आएको र यसका लागि संघले ‘टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता भन्ने अभियान संचालन गरेको बताउनु भयो ।

डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारीले सहकारी संस्थाले संस्थाले नियमित आर्थिक कारोवार संगै सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र मानविय सेवा संगै स्थापना दिवसमा कोही कसैले रगतको अभावमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताउनु भयो ।

कार्यक्रममा सहकारी संस्थाका सल्लाहाकार हरि प्रसाद तिवारी, होटल तथा रेष्टुरेण्ट बयवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, रक्तदान कार्यक्रमका संयोजक सहकारीका संचालक सदस्य केशरी पाण्डे, सचिव रामबहादुर थापालगायतले बोल्दै रगतको विकल्प नभएको र सबैभन्दा ठूलो दान रक्तदान भएकाले सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको भन्दै यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भनाई राख्नुभयो ।

दुई हजार वढि शेयर सदस्य रहेको सहकारी संस्थाले उत्पादन गरेका दुग्धजन्य पदार्थ र दूध तिलोत्तमा नगरपालिकाको सिता राईस मिल, डिङ्गरनगर, नयांमिल तथा बुटवल उपमहानगरपालिकाको योगिकुटी र सुख्खानगरमा विक्री केन्द्र खोलेर विक्री वितरण गर्दै आईरहेको छ ।

≪ Previous Post

धौलागिरी सहकारीले गर्यो स्थापना दिवसमा आश्रमलाई खाद्यान्न सहयोग

Next Post ≫

निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकभित्रै गर्न बुटवल नगर प्रमुखको कर्मचारीलाई निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क