भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानहरुबाट ३ लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाई कार्यालयबाट खटिएको प्रहरी टोली जिल्लाका विभिन्न ठाउंमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷ पैठारी गरेको अवस्थामा अन्दाजी मूुल्य रु.३ लाख ३५ हजार ४५० बरावरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।
प्रहरीले प्याज ५० बोरा, चिनी ६ बोरा, टप्स २२ पिस, साडी ३ पिस, लेगिज पिस, टिसर्ट ४ पिस, सुट ६ पिसका साथै अन्य विभिन्न किसिमका किराना सामानहरु बरामद भएको जनाएको छ ।