Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सहकारी संस्था संसदीय छानविन विशेष समिति र प्रहरी अधिकारी विच छलफल : रवि लामिछाने संलग्न गोरखा मिडियामा १० करोड ९९ लाख रकम प्रवाह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहकारी संस्था संसदीय छानविन विशेष समिति र प्रहरी अधिकारी विच छलफल : रवि लामिछाने संलग्न गोरखा मिडियामा १० करोड ९९ लाख रकम प्रवाह

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0
सहकारी संस्था संसदीय छानविन विशेष समिति र प्रहरी अधिकारी विच छलफल : रवि लामिछाने संलग्न गोरखा मिडियामा १० करोड ९९ लाख रकम प्रवाह
230
SHARES
ShareTweet

काठमाडौं ।काठमाडौं । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिका  संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताउनु भएको छ । त्यसमा गृहमन्त्री काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताउनु भएको छ । त्यसमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडियामा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको उहांले बताउनुभयो । नेपाल प्रहरीले समिति समक्ष वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरुलाई नभएको बताएको छ ।
सहकारी संस्था वचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा छलफलका लागि सहभागि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र नेपाल प्रहरीको सिआईबी र अपराध अनुसन्धान विभागका अधिकारीहरुले नेपाल प्रहरीलाई वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी नभएको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल प्रहरीको सहकारी ठगी प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीहरुले सहकारी नियमनको काम नेपाल प्रहरीको नभएको पनि बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
संयोजक थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताउनु भयो । त्यसमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडियामा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको बताउनुभयो । त्यस्तै प्रहरी अधिकारीहरूले देशभरि ५५ हजार ४१० जनाले ५०३ वटा सहकारीसम्बन्धी उजुरी दर्ता गरेको बताएका थिए । तीमध्ये हालसम्म ९८ उजुरीमा अनुसन्धान सकेर मुद्दा चलाइएको छ । अधिकांश उजुरी काठमाडौंमै दर्ता भएका छन् । काठमाडौंमा मात्रै ४० हजार बढीले उजुरी दिएका छन् ।
गृहसचिव एकनारायण अर्यालसहित उपस्थित बैठकमा प्रहरी अधिकारीहरुले सहकारी ठगी प्रकरणमा मुछिएका २९४ जनालाई मात्रै पक्राउ गरिएको र ८५६ जना फरार रहेको पनि समितिलाई जानकारी गराएका थिए । त्यसक्रममा प्रहरी अधिकारीहरुले अनुसन्धानको यो प्रक्रियाबाट सहकारी पीडितले न्याय पाउने सम्भावना नेदेखिएको निष्कर्ष सुनाएको पनि विशेष समितिका संयोजक थापाले बताउनु भयो ।
विशेष समितिले सो सम्बन्धमा नेपाल राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने भएको छ । यसको समग्र स्थितिको बारेमा नेपाल राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने निष्कर्षमा पुगिएको विशेष समितिले जनाएको छ ।
संयोजक थापाले हाल समितिले सम्बन्धित पक्षसँग जानकारी लिने क्रम जारी राखेको, यसपछि प्रमाण संकलनको, विश्लेषणको चरणमा प्रवेश गर्ने कार्यसूचि रहेको बताउनु भयो ।

≪ Previous Post

बुटवलको संगमपथका दुई पसलमा आगलागि : एक करोड चालिस लाख बढीको क्षती

Next Post ≫

सबै मिलेर सामुदायिक वनको विकास र संवद्र्धन गरौं : पूर्व मूख्यमन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क