Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको संगमपथका दुई पसलमा आगलागि : एक करोड चालिस लाख बढीको क्षती
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको संगमपथका दुई पसलमा आगलागि : एक करोड चालिस लाख बढीको क्षती

संसारपोस्ट संवाददाता · २२ असार २०८१ · 0
बुटवलको संगमपथका दुई पसलमा आगलागि : एक करोड चालिस लाख बढीको क्षती
120
SHARES
ShareTweet

बुटवल । बुटवलको संगमपथमा गयराती दुई पसलमा आगलागि भएको छ । संगमपथ स्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागिबाट १ करोड ४० लाख भन्दा बढीको क्षती भएको जी फेन्सी स्टोरका सञ्चालक शंकर ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जी फेन्सी स्टोरको मात्रै १ करोड १० लाख बढीको क्षती भएको छ । त्यस्तै ज्ञवाली गिफ्ट पसलको ३० लाख बढी क्षेती भएको छ । राती करिव २ बजेको समयमा ज्ञवाली गिफ्ट पसलबाट सुरु भएको आगलागिका कारण संगै रहेको जी फेन्सी स्टोर समेत जलेर पुर्णरुपमा क्षेती भएको छ ।
तत्काल स्थानीय, प्रहरी तथा बुटवल उपमहानगरपालिकाको दमकलको सहायताले करिव २ घण्टामा आगो नियन्त्रणमा लिईएको भएपनि आगलागि भएको दुई पसलमा पूर्ण रुपमा क्षती भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।
के कती कारणले आगलागि भयो एकिन नभएपनि विद्युत सर्किट सट भएको हुनसक्ने अनुमान गरिएको छ । पसलमा भएको आगलागि नियन्त्रण हुन नसकेको भए त्यसबाट ठूलो क्षती व्यहोर्नुपर्ने स्थानीय समेत रहनुभएका बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो ।
संघमा अध्ययन समिति गठन
संघको भवनमा रहेका पसलमा आगलागि भएपछि आकस्मिक रुपमा बसेको संघका पूर्वअध्यक्ष सहितको कार्यसमिति बैठकले आगलागिका सम्वन्धमा अध्ययन समिति गठन गरेको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगलागिको विषयमा अध्ययन गरी राय सुझाव दिनको लागि वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई रहनु भएको छ ।
त्यस्तैगरी आगलागि भएका सटरलाई मर्मत सम्भार गरी तत्काल ती व्यवसायलाई पुनःस्थापित गर्ने वातावरण मिलाउन संघका महाससचिव मुक्तिप्रसाद अधिकारीको संयोजकत्वमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल र सचिव प्रतिक पोखरेल सदस्य रहेको समिति गठन गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

≪ Previous Post

बुटवल उपमहानगरपालिकाको १५ औं अधिवेशन : बजेट, ऐन संशोधन र विधेयक पारित

Next Post ≫

सहकारी संस्था संसदीय छानविन विशेष समिति र प्रहरी अधिकारी विच छलफल : रवि लामिछाने संलग्न गोरखा मिडियामा १० करोड ९९ लाख रकम प्रवाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क