Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जलेर ध्वस्त भएको बुटवलको डेल्टा मार्ट असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जलेर ध्वस्त भएको बुटवलको डेल्टा मार्ट असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने

संसारपोस्ट संवाददाता · ११ असार २०८१ · 0
जलेर ध्वस्त भएको बुटवलको डेल्टा मार्ट असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने
120
SHARES
ShareTweet

बुटवल । आगलागीले पूर्ण रूपमा जलेर नष्ट भएको बुटवलको मिलनचोक स्थित डेल्टा एजुकेशन मार्ट प्रा.लि. यही असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

मार्टका संचालकहरुले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा मार्टका संचालक चोलाप्रसाद पाठकले आगलागीबाट ४५ करोड रूपैयाँको क्षती भएको प्रारम्भिक आकंलन गरिएको बताउनु भयो । उहांले आगलागीबाट सबै कागजपत्र जलेको र त्यसको विवरण खोजी भइरहेकोले यो क्षतीको आंकलन थोक खरिद मूल्य भएको दावी गर्नुभयो ।

मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले बुटवलको ठूलो विपत्तिमा सबैको साथ भएपनि नोक्सानी जोगाउन नसकेको बताउनुभयो । तर यस्तो परिस्थितिमा पनि हामीहरु उठेर जानुपर्छ भनेर आंशिक रुपमा डेल्टा संचालन गर्न खोजिएको बताउनुभयो । ‘हामी पहिलो चरणमा यहि असार १६ गतेदेखि एजुकेशन र युनिफर्मसहितको सञ्चालन गर्छौं’, उपाध्यायले भन्नुभयो–‘विस्तारै दशैसम्म, जुत्ताघर, लुगाघर र रेष्टुरेन्ट सञ्चालनमा आउनेछन् भने अरु दशैसम्म संचालन होला ।’

मार्टका अर्का सञ्चालक गणेश पोखरेलले ग्राहक र विद्यार्थीप्रति मार्टले गरेको प्रतिबद्धतालाई डगमगाउन नदिने गरी मार्ट उठ्ने बताउनुभयो । उहांले समयमा दमकल आएको भए आगोले मार्टका धेरै सामान जोगाउन सकिने अवस्था देखिए पनि त्यो हुन नसकेको बताउनुभयो । अब बुटवलमा यस्ता विपत्तिको सामना गर्नेगरी तयारी गर्नुपर्ने उहांले बताउनुभयो ।

≪ Previous Post

औद्योगिक व्यापार मेलाका लागि मूल कार्यसम्पादन समिति गठन

Next Post ≫

तिलोत्तमा नगरपालिकाको बजेट २ अर्ब ७६ करोड ६२ लाख २२ हजार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क