Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेलाका लागि मूल कार्यसम्पादन समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेलाका लागि मूल कार्यसम्पादन समिति गठन

संसारपोस्ट संवाददाता · ११ असार २०८१ · 0
औद्योगिक व्यापार मेलाका लागि मूल कार्यसम्पादन समिति गठन
80
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले पुसमा गर्ने औद्योगिक व्यापार मेलाको लागि मूल कार्य सम्पादन समिति गठन गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघका अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा मूल कार्यसम्पादन समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
मेलाको प्रारम्भिक कार्य अगाडि बढाउने गरी गठन गरिएको मूल कार्यसम्पादन समितिको मुल्यांकंन संयोजकमा निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजु रहनु भएको छ । त्यस्तै मेलाको सहसंयोजकमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपसंयोजकमा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई रहनु भएको छ ।
त्यस्तै महासचिव मुक्तिप्रसाद अधिकारी सदस्य सचिव तथा बाँकी पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई मुल कार्यसम्पादन समितिको सदस्यमा राखिएको छ । संघले यस अंगाडि नै आगामी पुस ३ देखि १८ गतेसम्म औद्योगिक व्यापार मेला गर्ने निर्णय गरेको थियो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले मेलाको प्रारम्भिक कार्य सम्पादन गर्नको लागि तत्काल मूल कार्यसम्पादन समिति गठन गरिएको र यो समितिले प्रारम्भिक चरणका कार्यहरु गर्ने बताउनु भयो ।
बैठकमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले बैठकमा उठेका सम्बन्धित विषयमा जानकारी गराउनु भएको थियो ।

≪ Previous Post

बुटवलको बजेट २ अर्ब ९९ करोड २२ लाख : ८५ करोड राजस्व संकलन गर्ने अनुमान

Next Post ≫

जलेर ध्वस्त भएको बुटवलको डेल्टा मार्ट असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क