Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रकृति प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्न जनस्तरमा नै सचेतना जरुरी : मुख्यमन्त्री महरा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रकृति प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्न जनस्तरमा नै सचेतना जरुरी : मुख्यमन्त्री महरा

संसारपोस्ट संवाददाता · ९ असार २०८१ · 0
प्रकृति प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्न जनस्तरमा नै सचेतना जरुरी : मुख्यमन्त्री महरा
130
SHARES
ShareTweet

देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले प्रकृति प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि जनस्तरमा नै सचेतनाको जरुरी रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको आयोजना तथा प्रदेश सुरक्षा निकायको समन्वय एवम् सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यास प्रदर्शनीलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले बाढी, पहिरो डुबान र आगलागीबाट बार्षिक रुपमा ठुलो धनजनको क्षतिहुने गरेकाले यसको रोकथामका लागि प्रदेश सरकारले पूर्व तयारीका कार्यक्रमहरू गरिरहेको जानकारी दिनुभयो ।
हिमाल, पहाड र तराई भएको नेपालको भूगोलमा सबैतिर प्राकृतिक प्रकोप हुने गरेको छ । मुख्यमन्त्री महराले भन्नुभयो–‘पहाडमा पहिरो, तराईमा बाढी र डुबानले धनजनको क्षति पुराएको छ । आगलागी तथा अन्य प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्नका लागि राज्यको संयत्र सधै तयारी अवस्थामा रहनु पर्दछ ।’
प्राकृतिक प्रकोपबाट सुरक्षित हुनका लागि सर्वप्रथम व्यक्ति आफै सचेत हुनुपर्ने भन्दै मुख्यमन्त्री महराले प्राकृतिक विपद्लाई ध्यानमा नराखी निर्माण गरिएका आवास तथा वस्ती जोखिममा रहेको औंल्याउनुभयो ।


यातायात, सञ्चार, उद्धार उपकरण र तालिम प्राप्त उद्धारकर्ताका कारण विपद्का बेला उद्धार कार्य गर्न सहज भएको भन्दै मुख्यमन्त्री महराले उद्धारकार्यमा खटिनेहरु सँधै उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा खटिन आग्रह गर्नुभयो ।
लमही नगरपालिका वडा नं. ६ मध्यनगर दाङमा शुक्रवार गरिएको विपद् कृत्रिम अभ्यास (अभ्यास हातेमालो–६) कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले बाढी, पहिरो, डुबानबाट लुम्बिनी प्रदेश जोखिमपूर्ण रहेको बताउनुभयो ।


विपद् संग सरोकार राख्नेहरू, सुरक्षाकर्मी, स्थानीय जनसमुदायहरू र तालिम प्राप्त उद्धारकर्ताहरूको सघन सहकार्यले नै विपद्को समयमा उपयोगी हुने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री पन्थीले सबैले हातेमालो गरेर अगाडि बढ्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मध्यपश्चिम पृतनापति उपरथी सुनिल श्रेष्ठले सामयिक सहकार्य समन्वय, विद्यमान नीति नियमको परिधिमा रहेर विपद्को क्षेत्रमा काम गरिने बताउनुभयो । उहाँले एकीकृत विपद् कृत्रिम अभ्यासले कार्यक्षेत्रमा काम गर्दा एकरूपता आउने भन्दै स्थानीय सरकारहरू संग सहकार्यको अपेक्षा गर्नुभयो ।
विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले विपद्का बेला गर्नुपर्ने कार्यहरूको विभिन्न प्रदर्शनी गरेर देखाएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकाल, स्थानीय सरकारका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

≪ Previous Post

मुद्दा मिलाई दिन्छु भनेर प्रहरीका नाममा रकम ठगी गर्ने दुई जना पक्राउ

Next Post ≫

संसदमा प्रतिपक्षको भूमिका अब शसक्त हुन्छ : सभापति देउवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क