बुटवल । बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्ट ( कम्प्लेक्स)मा भएको आगलागीबाट करिब ५० करोडको क्षति भएको छ । आगलागीबाट मार्टमा रहेका सबै सामान जलेर नष्ट भएका छन । बिहीवार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर नियन्त्रणमा आएको थियो ।
मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्समा लागेको आगो अन्यत्र फैलिनबाट जोगिएपनि कम्प्लेक्स भने पुर्ण रुपमा जलेर ध्वस्त भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।