बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ८ मिलनचोकमा रहेको डेल्टा एजुकेसन मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेशनरीका सामानहरु जलेर नष्ट भएका छन् ।
स्थानीय र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । मार्टका संचालक घनश्याम पाठकका अनुसार बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट मार्टमा रहेका सामान जलेर ठूलो क्षती भएको छ । आगलागी नियन्त्रणको लागि प्रयास जारी रहेपनि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन ।
बुटवल उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । यस क्षेत्रका शिक्षण संस्थाका सञ्चालकहरूले संचालन गरेको मार्टमा खेलकुद, स्टेसनरी, विद्यालयसँग सम्बन्धि सामाग्री लगायतको ब्यापार हुदै आएको थियो ।