Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाले गर्दैछ उद्यम, ज्ञान तथा रोजगार सूचना मेला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाले गर्दैछ उद्यम, ज्ञान तथा रोजगार सूचना मेला

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८१ · 0
तिलोत्तमाले गर्दैछ उद्यम, ज्ञान तथा रोजगार सूचना मेला
80
SHARES
ShareTweet

बुटवल । तिलोत्तमा नगरपालिकाले उद्यम ज्ञान तथा रोजगार सूचना मेला कार्यक्रम आयोजना गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं ९ मंगलापुरमा अवस्थित बोधि भिल्ला प्रा.लि.को हलमा कार्यक्रम गर्न लागिएको हो । नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा वडा अध्यक्ष गणेश पाठकले रोजगार सूचना मेला जेठ २७ गते आइतबार हुने जानकारी गराउनु भयो ।
तिलोत्तमा नगरभित्र रहेका युवा, विद्यार्थी, उद्यमसंग जोडिएका सबैलाई एकै ठाउँमा जम्मा पारेर उद्यमसँग जोडिन उत्प्रेरित गर्ने, उद्यमीहरुको सम्मान र उनीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन गरिनुका साथै निजी क्षेत्रसंग सहकार्य गरेर योग्यता, सीप र दक्षता भएका व्यक्तिहरुलाई केही मात्रामा भएपनि रोजगार दिलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको संयोजक पाठकले बताउनुभयो ।
बेरोजगार युवायुवतीहरुलाई स्थानीय सरकारले विभिन्न माध्यमबाट स्वदेशमै बसेर स्वदेशकै माटोमा केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गराउन यो कार्यक्रम सबैको लागि प्रभावकारी र अवसर बन्न सक्ने हिसावले सफल हुने नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवी सेन्चुरीले जानकारी गराउनु भयो । उहांका अनुसार अघिल्लो वर्षको कार्यक्रमले युवाहरुलाई रोजगारसंग जोडेको बताउँदै यो वर्ष पनि कार्यक्रम गर्न लागिएको बताउनु भयो ।
युवाहरुलाई लक्षित गरेर आयोजना गर्न लागिएको सो कार्यक्रममा उद्यम गरेका, लघु उद्यमसंग जोडिएका, सफल व्यापारी, उद्योगी, ज्ञान नवप्रबर्तन तथा आइडियाजहरु प्रस्तुत गरिने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यले बताउनुभयो । कार्यक्रमलाई सफल बनाउन तिलोत्तमाबासीहरुको सहयोग आवश्यक भएकोले यस कार्यक्रमलाई सुनौलो अवसरको रुपमा लिन संयोजक गणेश पाठकले आग्रह गर्नुभएको छ ।

≪ Previous Post

शंकरनगर सामुदायिक वनमा वन ब्यवस्थापनको अनुगमन

Next Post ≫

तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क