Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शंकरनगर सामुदायिक वनमा वन ब्यवस्थापनको अनुगमन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शंकरनगर सामुदायिक वनमा वन ब्यवस्थापनको अनुगमन

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८१ · 0
शंकरनगर सामुदायिक वनमा वन ब्यवस्थापनको अनुगमन
60
SHARES
ShareTweet

तिलोत्तमा । शंकरनगर सामुदायिक वन तिलोत्तमा १—४ रुपन्देहीले वार्षिक कार्ययोजना अनुसार पुनरउत्पादन क्षेत्र र थिनिङ क्षेत्रको अनुगमन गरेको छ । सामुदायिक वनका पदाधिकारी, सदस्य, स्थानीय उपभोक्ता, जनप्रतिनिधि, वन प्राविधिक तथा सञ्चारकर्मीहरुसहितको टोलीले वन संवद्र्धन प्रणाली अन्तर्गत सामुदायिक वनले गरेका माउ रुख तथा पोल साइजका रुख कटान गरेको क्षेत्रको अवलनोकन गरेको हो । शंकरनगर सामुदायिक वनको ५८४ .६० हेक्टर क्षेत्रफल मध्ये ११८.४२ हेक्टर क्षेत्रफल रुख खण्ड, ३५५.९९ हेक्टर पोल खण्ड र ११०.१९ हेक्टर बृक्षारोपण खण्डमा विभाजन गरी वन संवद्र्धन प्रणाली अन्तर्गत वन व्यवस्थापन कार्य गर्दै आएको छ । यसरी वर्गीकरण गरिएको वन क्षेत्रलाई विभिन्न १०-१० प्लटमा विभाजन गरी सामुदायीक बनले पुनरुत्पादन, पत्लाउने, झाडी सफाइ लगायतका कार्य गर्दै आइरहेको छ । रुख खण्डको १० प्लट मध्ये उपखण्ड ३ मा कटान गरिएका ठूला माउ रुख क्षेत्रको पुनरउत्पादन र पोल खण्डको प्लट नंं ७ र ८ मा पोल साइजका रुख कटान क्षेत्रको अवलोकन गरिएको सामुदायिक वनका कोषाध्यक्ष भुवन आचार्यले जानकारी दिनुभयो । यस्ता प्लटमा वन संवद्र्धन प्रणाली अन्तर्गत प्रत्येक १० वर्षको अन्तरालमा माउ रुख कटान तथा पोल साइजका रुख पत्लाउने कार्य गर्ने गरिने सचिव कालिका अधिकारीले जानाकारी गराउनु भयो ।

साल र सल्लो प्रजातिका बिरुवाका लागि प्रत्यक्ष घामको प्रकाश र माटोसंगको सम्पर्क आवश्यक पर्ने भएकाले वन संवद्र्धन प्रणाली अन्तर्गत वन व्यवस्थापनमा माउ रुख काट्ने र बिरुवा बाक्लो भएको ठाउमा बढी भएका पोल साइजका रुखहरु काटेर तथा झाडी सफाइ गरेर बिरुवा उत्पादनमा सघाउ पुराउने उद्देश्यले यो प्रणाली लागु गरिएकाले सोही अनुसार कार्ययोजना बनाई सामुदायिक वनले काम गर्दै आएको वनका अध्यक्ष रबिन्द्र बस्नेतले बताउनुभयो ।

वन संवद्र्धन प्रणाली अन्तर्गत शंकरनगर सामुदायिक वनमा भएको पुनरउत्पादन कटान तथा पत्लाउने क्षेत्रमा के कस्ता कामहरु भइरहेका छन् र आगामी दिनमा यस्ता कामलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले स्थानीय जनप्रतिनिधि, उपभोक्ता र सरोकारवाला निकायको सहभागितामा अध्ययन अवलोकन कार्य गरिएको तिलोत्तमा सव डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुर्यप्रसाद मैनालीले जानकारी दिनुभयो ।

सामुदायिक वनका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक कमला ज्ञवालीले सामुदायिक वनले वन संवद्र्धन प्रणाली अन्तर्गत रहेर वार्षिक कार्ययोजना अनुसारको कामको मुल्यांकनका लागि सबै पक्षलाई सहभागी बनाएर बन क्षेत्रको  अवलोकन गरिएको बताउनुभयो  ।

 

 

≪ Previous Post

समुदायलाई जोडेर समृद्ध वन परियोजना कार्यान्वयन  गर्नुपर्छ

Next Post ≫

तिलोत्तमाले गर्दैछ उद्यम, ज्ञान तथा रोजगार सूचना मेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क